2026-09-19 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लामिडाडाँ विमानस्थल कालोपत्रे काम ६० प्रतिशत पूरा

चिसाङ शेर्पा/बैशाख ३१, खोटाङ | लामिडाडाँ विमानस्थलको कालोपत्रेको काम ६० प्रतिशत सकिएको छ । रावाबेंशी गाउँपालिका–३ लामिडाडाँमा अवस्थित जिल्लाकै पूरानो विमानस्थललाई वि.सं. २०७४ बैशाख देखी अपग्रेड गरेर कालोपत्रेको काम थालिएको हो ।

नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ९५ लाख २५ हजार २२३ रुपैयाँ लगानीमा विं सं. २०७३ कार्तिक १७ गते सम्झौता भई कालोपत्रेको काम थालिएको विमानस्थलको धावनमार्गमा सववेश राख्ने, कटिङ, फिलिङ, ग्याभिङ वाल, नालीको काम सकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

वि.सं. २०२८ सालबाट कच्चीरुपमा सञ्चालनमा रहेको ५ सय ८० मिटर लम्बाइ विमानस्थल वाईएनएस, एसएपी र सुर्य कन्ट्रक्शन प्रालिले साझेदारीमा लम्बाई ५ सय २० मिटर र चौडाइ २० मिटर कालोपत्रेको काम गरिरहेको छ । 

गत माघ १६ गते  कालोपत्रे सम्पन्न हुनपर्ने विमानस्थल स्थानियको अवरोध तथा उपकरणमा आएको समस्याका कारण केही पर सरेको आयोजना इन्जिनियर शम्भु चौधरीले बताउनुभयो । पुनः दोश्रो सम्झौता म्याद थपेका छौ । उहाँले भन्नुभयो, “कसैगरी थप म्याद मितिभन्दा अगाडी काम सक्ने लक्ष्य छ ।”

गत माघ १६ गते सम्झौता म्याद गुजारेका ठेकेदार कम्पनीले ७ महिना म्याद थप गरेका छन् । ठेकेदार कम्पनीले आगामी भदौभित्र विमानस्थल कालोपत्रेको काम सक्नु पर्नेछ । अब विमानस्थलको धावनमार्गमा वेस लगाएर कालोपत्रेको काम बाँकी रहेको साईड ईन्चार्ज ज्योती श्रेष्ठले जानकारी दिनुभयो । 

कालोपत्रे गर्ने क्रममा विमानस्थल अवरुद्ध भएपछि जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकलाई समेत असर पुगेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलेसमेत सेवा लिँदै आएका छन् । विशेषगरी उक्त विमानस्थलले आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुर्याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ