४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘अरुणोदय मावि सैपुमा ५० लाखको लागतमा चार कोठे पक्की भवन निर्माण हुने’

५ जेष्ठ २०७५, शनिबार ०५:५३

प्रज्वल पौडेल । जेठ ५, रामेछाप ।

रामेछापको लिखु गाउँपालिकास्थित वडा नं २ सैपु फेदीमा रहेको अरुणोदय माध्यामिक विद्यालयमा ४ कोठेपक्की भवन निर्माण हुने भएको छ । हिमालयन क्लाइमेट इनिसियटिभ काठमाण्डौको आर्थिक सहयोगमा भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने सम्झौता भएको हो ।

शुक्रबार बालुवाटारमा गैह्र नाफामूलक सामाजिक संस्था हिमालयन क्लाइमेट इनिसियटिभ पहिलो पक्ष र अरुणोदय माध्यामिक विद्यालय दोस्रो पक्ष र शान्ती र विकासका लागी युवा साझेदारी नेपाललाइ तेस्रो पक्ष बनाइ नयाँ सम्झौता गरिएको छ । यस अगाडि २०७४ साल चैत्र २३ गते सम्झौता भएपनि केहि परिमार्जन सहित पुन : थप सम्झौता २०७५ साल जेठ ५ गते भएको हो ।

नयाँ भवन निर्माण सम्झौतामा हिमालयन क्लाइमेट इनिसियटिभको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिलशिला आचार्य, अरुणोदय माध्यामिक विद्यालयबाट प्रधानाध्यापक सन्तोष पौडेल, शान्ती र विकासका लागी युवा साझेदारी नेपालबाट जितु खड्का र वडा अध्यक्ष पदमबहादुर तामाङले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । H.C.I र Y.S.P नेपालले जिल्लाको  विभिन्‍न स्थानमा समन्वय गर्दै परियोजनामार्फत कार्यक्रम संचालन गरिरहेको छ ।


नेपाल सरकारले तोकेको भवन निर्माण सम्बन्धी आचारसंहिता तथा नक्सा अनुसार नै भवन निर्माण हुने गरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले साझासबाललाइ जानकारी दिनुभयो । उहाँका अनुसार हिमालयन क्लाइमेट इनिसियटिभ काठमाण्डौले 'श्री अरुणोदय माध्यामिक विद्यालय भवन निर्माण सहयोग परियोजना' का लागी ५० लाख ६४ हजार ९ सय ५८ रुपैँया बजेटको आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने सम्झौता भएको छ ।

उहाँले टहराबाट पठनपाठन सूरु भएको विद्यालयको अवस्था दयनिय भएकाले विभिन्न दाताहरुसँग सहकार्य गर्दै भवन निर्माण कार्य अगाडि बढिरहेको बताउनुभयो । लिखु गाउँपालिका भित्रबाट अघिल्लो बर्ष अरुणोदयका एक जना विद्यार्थीले मात्रै एसइइमा ए ग्रेट ल्याउन सफल भएको स्मरण गर्दै प्रधानाध्यापक पौडेलले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक दरबन्दी थप, शैक्षिक सामाग्री लगाएतको क्षेत्रमा सहयोग प्राप्त भए शिक्षण सिकाइ क्रियाकलापमा थप सहजता आउने धारणा राख्नुभयो । 

वडा अध्यक्ष पदमबहादुर तामाङले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी वडामा रहेका विद्यालयहरुको आवश्यकतालाइ मध्ये नजर गर्दै सरकारी तथा गैह्रसरकारी संघ संस्थामार्फत आर्थिक तथा प्राविधिक सहयोग जुटाएर समन्वय गर्दै अगाडि बढाइने बताउनुभयो । HCI संस्थाले यसै अार्थिक वर्षमा सैपुमा नै रहेको शहिदस्मृति माविका सबै विद्यार्थीलाइ विद्यालयय पोषाक र स्टेशनरी सामान दिन सम्झौता पनि भइसकेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष तामाङले भन्‍नुभयो – 'वडाको आर्थिक, सामाजिक, शैक्षिक विकास गर्न सबैसँग समन्वय गर्दै निरन्तर सक्रियता बढाइरहेको छु।'

भवन निर्माणका लागी ७ सदस्यीय अनुगमन तथा निर्माण समिति बनाएर कार्य अगाडि बढाइने जनाइएको छ । भवन निर्माण गरेर रकम बाँकी रहेमा विद्यालयको आवश्यकता अनुसार निर्णय गरेर अन्य शिर्षकमा खर्च गर्न सक्नेत प्रावधान रहेको छ ।



सम्झौता पत्र


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता