२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘अरुणोदय मावि सैपुमा ५० लाखको लागतमा चार कोठे पक्की भवन निर्माण हुने’

२०७५, ५ जेष्ठ शनिबार ०५:५३

प्रज्वल पौडेल । जेठ ५, रामेछाप ।

रामेछापको लिखु गाउँपालिकास्थित वडा नं २ सैपु फेदीमा रहेको अरुणोदय माध्यामिक विद्यालयमा ४ कोठेपक्की भवन निर्माण हुने भएको छ । हिमालयन क्लाइमेट इनिसियटिभ काठमाण्डौको आर्थिक सहयोगमा भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने सम्झौता भएको हो ।

शुक्रबार बालुवाटारमा गैह्र नाफामूलक सामाजिक संस्था हिमालयन क्लाइमेट इनिसियटिभ पहिलो पक्ष र अरुणोदय माध्यामिक विद्यालय दोस्रो पक्ष र शान्ती र विकासका लागी युवा साझेदारी नेपाललाइ तेस्रो पक्ष बनाइ नयाँ सम्झौता गरिएको छ । यस अगाडि २०७४ साल चैत्र २३ गते सम्झौता भएपनि केहि परिमार्जन सहित पुन : थप सम्झौता २०७५ साल जेठ ५ गते भएको हो ।

नयाँ भवन निर्माण सम्झौतामा हिमालयन क्लाइमेट इनिसियटिभको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिलशिला आचार्य, अरुणोदय माध्यामिक विद्यालयबाट प्रधानाध्यापक सन्तोष पौडेल, शान्ती र विकासका लागी युवा साझेदारी नेपालबाट जितु खड्का र वडा अध्यक्ष पदमबहादुर तामाङले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । H.C.I र Y.S.P नेपालले जिल्लाको  विभिन्‍न स्थानमा समन्वय गर्दै परियोजनामार्फत कार्यक्रम संचालन गरिरहेको छ ।


नेपाल सरकारले तोकेको भवन निर्माण सम्बन्धी आचारसंहिता तथा नक्सा अनुसार नै भवन निर्माण हुने गरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले साझासबाललाइ जानकारी दिनुभयो । उहाँका अनुसार हिमालयन क्लाइमेट इनिसियटिभ काठमाण्डौले 'श्री अरुणोदय माध्यामिक विद्यालय भवन निर्माण सहयोग परियोजना' का लागी ५० लाख ६४ हजार ९ सय ५८ रुपैँया बजेटको आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने सम्झौता भएको छ ।

उहाँले टहराबाट पठनपाठन सूरु भएको विद्यालयको अवस्था दयनिय भएकाले विभिन्न दाताहरुसँग सहकार्य गर्दै भवन निर्माण कार्य अगाडि बढिरहेको बताउनुभयो । लिखु गाउँपालिका भित्रबाट अघिल्लो बर्ष अरुणोदयका एक जना विद्यार्थीले मात्रै एसइइमा ए ग्रेट ल्याउन सफल भएको स्मरण गर्दै प्रधानाध्यापक पौडेलले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक दरबन्दी थप, शैक्षिक सामाग्री लगाएतको क्षेत्रमा सहयोग प्राप्त भए शिक्षण सिकाइ क्रियाकलापमा थप सहजता आउने धारणा राख्नुभयो । 

वडा अध्यक्ष पदमबहादुर तामाङले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी वडामा रहेका विद्यालयहरुको आवश्यकतालाइ मध्ये नजर गर्दै सरकारी तथा गैह्रसरकारी संघ संस्थामार्फत आर्थिक तथा प्राविधिक सहयोग जुटाएर समन्वय गर्दै अगाडि बढाइने बताउनुभयो । HCI संस्थाले यसै अार्थिक वर्षमा सैपुमा नै रहेको शहिदस्मृति माविका सबै विद्यार्थीलाइ विद्यालयय पोषाक र स्टेशनरी सामान दिन सम्झौता पनि भइसकेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष तामाङले भन्‍नुभयो – 'वडाको आर्थिक, सामाजिक, शैक्षिक विकास गर्न सबैसँग समन्वय गर्दै निरन्तर सक्रियता बढाइरहेको छु।'

भवन निर्माणका लागी ७ सदस्यीय अनुगमन तथा निर्माण समिति बनाएर कार्य अगाडि बढाइने जनाइएको छ । भवन निर्माण गरेर रकम बाँकी रहेमा विद्यालयको आवश्यकता अनुसार निर्णय गरेर अन्य शिर्षकमा खर्च गर्न सक्नेत प्रावधान रहेको छ ।



सम्झौता पत्र


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार