२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिब्बतियन चित्र र स्वीटर बुनाई तालिम सम्पन्न

२०७५, ९ जेष्ठ बुधबार १४:२९

रेशमराज रोकाया | जेठ ९, हुम्ला | हुम्लामा काठको सामाग्रीमा पेन्टिङ्ग तालिम गर्दै सहभागिले मनग्ये आम्दानी गर्न थालेका छन् । एक टेबल, झ्याल र ढोकामा विभिन्न चित्र बनाउने तालिमको आधारभुत तालिम पछि यस्तो आम्दानी गर्न थालेका हुन् । सामुदायिक विकास कार्यक्रम हुम्लाले २५ दिन सम्म तालिम दिए पछि हाल हुम्लाका ११ जना युवाले यस्तो सीपमुलक तालिम प्राप्त गरी आम्दानी गर्न थालेका हुन् ।

हुम्लामा काठको सामाग्रीमा सुन्दर चित्र बनाएर घरमा सजाउने चलनको मागलाई ध्यानमा राखी यस्तो तालिम दिईएको हो । लामा समुदायको भान्सा कोठामा २ देखी ५ सम्म साना टेबुलमा यस्ता सुन्दर चित्र कुँदिएको टेबलमा भोजन गर्ने चलन रहेको छ । घरको शोभा बढाउने र घरको सम्पन्नता देखाउने यस्ता खालका बुट्टाको स्थिती र आकार अनुसारको पेन्टिङ्गको मुल्य निर्धारण हुने गरेको छ । स्थानिय स्तरमा १६ ईन्च लम्बाई र ११ ईन्च चौडाई भएको काठमा चित्र बनाउँदा २ हजार ५ सय देखी ३ हजार ५ सय सम्म कमाई हुने, चित्र बनाउनको लागि एकै दिनमा बनाउन सकिने हुनाले १ दिनमा औसतमा ३ हजार देखी माथि नै कमाई हुने गरेको प्रशिक्षक पेमाताम्छु लामाले बताउनु भयो । काठमा कुँदिएका बुट्टा हुम्लामा हाल निक्कै प्रचलनमा आएको छ । घरमा सजाउनको लागि प्रतिस्पर्धा नै गरी यस्ता खालका सामानलाई सजाउने होडबाजी नै हुने गरेको छ ।

जिल्लामा रहेका गुम्बाका झ्याल, ढोका र दिवारमा सुन्दर आकृती बनाएर हरेक वर्ष १० देखी १५ लाख सम्म कमाई हुने गरेको यस्तो चित्र चिनको तिब्बत क्षेत्रबाट बढी प्रभावित हुने गरेको छ । चित्र बनाउनको लागि पहिले पहिले भारतका विभिन्न शहरमा बौद्ध गुम्बामा गई सिक्नु परेको भएता पनि हाल हुम्लामा नै यस्तो खालको तालिम लिन पाउँदा सहज  भएको र आयआर्जनमा टेवा पुर्याएको प्रशिक्षक अंदुई लामाले बताउनु भयो । आफुले यो कला सिक्नको लागि २ वर्ष भारतमा गएर सिकेको भएता पनि हाल स्थानिय संघ संस्थाले हुम्लामा नै प्रशिक्षण दिँदा तालिमको प्रभावकारिता भएको लामाले बताउनु भयो । जिल्लाका सिमिकोट र नाम्खा गाउँपालिकाबाट प्रशिक्षार्थी सहभागि भएका थिए ।

तश्विरमा: चित्र बनाउने र स्वीटर बुन्ने तालिममा सहभागि प्रशिक्षार्थीहरु । फोटोः रेशमराज रोकाया

तालिमबाट सिकेको सीपलाई जीवन उपयोगी र आयआर्जनमा सहयोग होस् भन्ने हेतुले यस्ता खालका तालिम समय सापेक्ष हुने र भुगोल र माग अनुसारको तालिम दिँदा उपयोगी हुने सामुदायिक विकास कार्यक्रम हुम्लाका संयोजक राज बहादुर रोकायाले बताउनु भयो । तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले तालिमलाई व्यवसायिक बनाउन सकिएमा तालिमको औचित्यता हुने बताउनु भयो ।

त्यसैगरी अदानचुली, चंखेली, खार्पुनाथ, सिमिकोट र नाम्खा गाउँपालिकाका महिलालाई स्वीटर बुन्नको लागि समेत तालिम प्रदान गरिएको छ । महिलाले घरमा आफुलाई चाहिने सामान खरिद गर्न र गर्जौ टार्नको लागि सहज होस् भन्नको लागि तालिम दिईएको हो । जम्मा २० जना सहभागिलाई दिईएको तालिममा प्रति स्वीटर २ हजार देखी ३ हजार ५ सयको दरमा विक्रि गरी महिलाले आम्दानी गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । घरमा चाहिने नुन, तेलको समस्या स्वीटर, टोपी, मोजा बुनेर निकाल्न सकिनेमा तालिमका सहभागी ज्योती भण्डारीले बताउनु भयो । घरकोे समस्यालाई पुरुषले मात्रै होईन महिलाले सहयोग गर्ने यस्तो तालिम लिन पाएकोमा जसकला बोहोरा मख्खै देखिनु भएको थियो । मोबाईलमा रिचार्ज सकिँदा श्रीमानलाई रुपैयाँ माग्नु पर्ने झण्झट अब सकिएको उहाँको अनुभव रहेको छ । हुम्लामा महिलालाई यस्ता स्वावलम्बी हुने खालका तालिमले महिलालाई राम्रै प्रतिफल दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार