४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय शहिद पार्क निर्माणमा ढिलाई, नियम मिच्दै अध्यक्षको मनोमानी

११ जेष्ठ २०७५, शुक्रबार १६:०४

भिम लामा | जेठ ११, काठमाडौं । राजधानीको पूर्वी भेग गोकर्णेश्वर नगरपालिका स्थित गोकर्ण जगडोलमा रहेको राष्ट्रिय शहिद तथा शान्ति स्मारक पार्क निर्धारित समयमा निर्माण कार्य ढिलाई भएको छ ।

शहिद पार्क निर्माणमा राष्ट्रिय योजना अन्र्तगत गुरु योजना निर्माण गरी पार्कको भौतिक संरचनाको निर्माण गर्ने निर्णय भएपनि सो कार्य सम्झौता बमोजिम निर्धारित समयमा सम्पन्न गर्न नसकिएको हो । उक्त पार्कका अध्यक्ष सुर्दशन सिग्देलले आफ्नो मनोमानी निर्णय गुरुयोजना विपरित पार्कको संरचनालाई नै कुरुप हुने गरी व्यक्तिगत मिलोमतोमा पार्क भित्री बाटो हुदै उत्तरी क्षेत्रमा पर्ने पार्क सुरक्षा घेरामा रहेको फलामे पिल्लर समेत भत्काएर जग्गा प्लटिङ कार्य गरिरहेको खुल्न आएको छ ।


उत्तरी भेगमा रहेको चन्द्रमति खोलाको किनाराबाट बेरिएको पिल्लरसहितको काँडेतारलाई भत्काएर नक्सामा नभएको बाटो खुलाई दिएको छ । सो स्थानमा जग्गा अनाधिकृत रुपमै प्लटिङ कार्य भईरहँदा सम्बन्धित निकाय समेत मौन छन् । शहिद पार्कबाट बाटो खुल्ने भन्दै जग्गा व्यवसायीहरुले धमाधाम महाँगो मूल्यमा जग्गा विक्रीवितरण तथा निर्माण कार्य गरिरहेको खुल्न आएको छ । करिब ६५ डिग्रीको भिरालो सो पार्कको सुरक्षा घेरामै ताछिएर प्लटिङ गरेको देखिन्छ । उक्त कार्यले निकट भविश्यमा भूक्षयको जोखिममा पर्ने देखिन्छ ।

राष्ट्रिय साझा सम्पत्तिको रुपमा रहेको त्यस राष्ट्रि शहिद तथा शान्ती स्मारक पार्कमा एकल निर्णय र नियम मिच्दै भित्री भागबाट नीजि व्यक्तिको जग्गाको लागि निकास समेत खोलिदिएको सुत्रबाट जानकारी प्राप्त भएको छ । पार्कको विशेषतामाथी नै प्रश्न खडा हुने खालको कार्य दिनप्रतिदिन हुदै गएपछि हाम्रो टोलीको अनुगमन तथा अनुसन्धानबाट त्यस क्षेत्रमा अनाधिकृत रुपमा प्रयोग गरिएको दृश्य फेला परेको छ । नीजि निकासका लागि पार्क भित्री बाटो खुल्ला बनाउँदा पशु चौपायको चरण केन्द्रको रुपमा स्थापित हुन थालिएको छ ।


त्यस्तै त्यहाँ स्थित प्लटिङ जग्गामा यतिखेर ढुंगा ओर्साने क्रम जारी छ । कानुन विपरीत सर्वजानिक सम्पत्तिको तोडफोड गरिएको छ । सुत्रका अनुसार जग्गा धनिको तर्फबाट चन्द्र लामाले दिएको निवेदनलाई अध्यक्षले विना बोडै बैठक नै स्वीकृती दिएर भित्र ढुंगा बोक्ने गाडी प्रवेशसंगै नीजि प्रयोजनका लागि सर्वजानिक सम्पत्तिको समेत रहेको त्यस क्षेत्रको बारको रेलिङ अस्वभाविक रुपमा काटेर ढुंगा झार्ने कार्य गरिरहेको छ । दिउँसोको समयमा तारले अढयाएर राख्ने र रातको समयमा फोरेर काम गरिरहेको छ । यसमा सम्बन्धित निकायको ध्यान नपुगेकाले अतिक्रमणको सिमा नाघ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता