२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म ऋण पाइने

२०७५, १५ जेष्ठ मंगलवार ११:०२

मनोज पराजुली,जेठ १५ काठमाडौँ । सरकारले काम र रोजगारीलाई प्राथमिकता दिँदै आगामी बजेटमा रोजगार सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बिनियोजन गरेको छ।अर्थमन्त्री युवराज खतिवडाले समृद्ध नेपाल सुखी नेपाली नारा पूरा गर्नकालागि नयाँ बजेट लक्षित भएको बताउँदै रोजगारी सिर्जनाकालागि प्रदेशको सहयोगमा रोजगारी सूचना केन्द्र स्थापना गर्ने बताएका छन् ।

सरकारले ल्याएको बजेटमा रोजगारीका लागि छोटा समयको तालिम दिने तथा अवसरहरुको सिर्जना गर्ने समेत उल्लेख छ। सरकारले आगामी आर्थिक वर्षदेखि  शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म  ऋण दिने बजेटमा उल्लेख गरेको छ। 

साथै सरकारले बैदेशिक रोजगारीको लागि सातै प्रदेशबाट श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ ।  श्रम गन्तव्य मुलुकसंग श्रम सम्झौता प्राथमिकतामा राख्दै सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था गर्ने सरकारले लक्ष्य राखेको छ।  सरकारले हरेक प्रदेशमा रोजगारीका सूचनाहरु आदान प्रदान गर्नको लागि एक रोजगार सूचना केन्द्रको व्यवस्था गर्ने  बजेटमा उल्लेख गरेको छ  रोजगारीका क्षेत्रका हाल भएका बिभिन्न कोषहरुलाई एकीकृत गरिने सरकारले लक्ष लिएको छ । बैदेशिक रोजगारीबाट फर्किएकाहरुको लागि १० लाख रुपैयाँसम्म  ऋण उपलब्ध गरिने भएको  । साथै उधमीहरुलाई लक्षित गरि च्यालेन्ज फन्डको व्यवस्था गर्ने समेत उल्लेख छ ।

श्रम क्षेत्रको विवाद समाधानका लागि अर्धन्यायिक निकाय गठन गर्ने उल्लेख छ र  बजेटले समान कामका लागि समान ज्याला लागू गरिने उल्लेख गरेको छ । सरकारले रोजगारी प्रत्याभूति विधेयक ल्याउने उद्घोष गरेको छ । रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जान नदिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने बजेटमा उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस 

साझा सबाल मिडियाले विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी बैदेशिक रोजगार एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको छ । बैदेशिक रोजगार एप मार्फत  रोजगारीका लागि डिमाण्ड  छान्न, डिमाण्ड अनुरुप मोबाइलबाटै आवेदन दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण सूचना  जानकारी लिन सकिनेछ त्यसका लागि तपाइले गुगल प्ले स्टोरमा गएर बैदेशिक रोजगार सर्च गरि डाउनलोड गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल