२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा कानून संशोधन गरेर मात्र लगानी गर्न आग्रह

२०७५, २४ जेष्ठ बिहीबार १०:५२

जेठ २४, काठमाडौँ | उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताउनुभएको छ । 

उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’ को आज काठमाडौँमा उद्घाटन गर्दै संकलन भएका रकमलाई उत्पादकत्व वृद्धिमा लगानी गरी रोजगारी सिर्जना गर्न बचत तथा ऋण सहकारी संस्थालाई आग्रह गर्नुभयो । 

उहाँले नेपालमा राजनीतिक मुद्दा किनारा लागेको बताउँदै अबको मुद्दा आर्थिक क्षेत्रतर्फ केन्द्रीकृत हुनुपर्ने बताउनुभयो । “सहकारी संस्थालाई लगानी गर्न कुनै पुराना नीति, कानून, संरचना र अभ्यासले अप्ठेरो पारेको भए भन्नुहोस् ।” उपप्रधानमन्त्री पोखरेलले सरकार संशोधन गर्न र लगानीको वातावरण बनाइदिन तयार छ भन्नुभयो । 

मुलुकमा ३४ हजार ५०० सहकारी संस्था छन् । तेह्र हजार ५०० संस्था बचत तथा ऋण परिचालन समाज (साकोस) रहेको छ । झण्डै रु तीन खर्ब बचत गरेका छन् । सहकारी ऐनले बचत सहकारी संस्थालाई खास खास क्षेत्रमा लगानी गर्न रोक लगाएको छ । हाल साकोसको लगानी किराना पसल, शैक्षिक कर्जा र वैदेशिक रोजगार, घर निर्माण तथा जग्गा खरिदलगायतका क्षेत्रमा सीमित छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) को आयोजना र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा समावेशी आर्थिक विकासः सञ्जालीकृत साकोस अभियानका लागि कानूनी संहिता’को पुनःसंरचना अभियानका साथ उक्त गोष्ठीको आयोजना गरिएको हो । 

कार्यक्रममा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बचत सहकारी संस्थाले आकर्षक र आत्मनिर्भर लगानीका क्षेत्र पहिल्याई अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले लगानीकर्तालाई कुनै कानूनी अप्ठेरो छ भने सरकार सहजीकरण गर्न तयार भएको बताउँदै कुनै पुराना ऐन संशोधन गर्नुपर्ने भए संशोधन गरेर अगाडि बढ्न संस्थालाई आग्रह गर्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले अर्थतन्त्रको सबलीकरणका लागि सहकारीको महत्वपूर्ण योगदान हुने बताउनुभयो । 

गोष्ठीमा ६६ जिल्लाका ६२० सहकारीकर्मीको सहभागिता र विभिन्न विषयसँग सम्बन्धित ११ कार्यपत्र प्रस्तुत गरिने भएको छ । नेफ्स्कुनमा तीन हजार १०० बचत संस्था आबद्ध छन् । करीब दुई हजार २०० संस्थाले नेफ्स्कुनमा वित्तीय विवरण बुझाउँदै आएका छन् । 

देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको नेफ्स्कुनमा झण्डै २६ लाख व्यक्ति बचत तथा ऋणसम्बन्धी कारोबारमा आबद्ध छन् । गोष्ठीले साकोस स्थिरीकरण, कोष कार्यान्वयन र समुदायको वित्तीय समावेशीकरणमार्फत जनताको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्ने उद्देश्य लिएको छ । 

विगत ३० वर्षदेखि बचत तथा ऋण सहकारीको अभियानमार्फत समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवनस्तर उठाउन क्रियाशील नेफ्स्कुन एशियाली ऋण महासंघ, विश्व ऋण परिषद् र अन्तर्राष्ट्रिय सहकारी महसंघको सदस्य संस्था हो । 

गोष्ठीमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपी मैनाली, राष्ट्रिय सहकारी महासंघका महासचिव चन्द्र ढकाल, नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेत, उपाध्यक्ष परितोष पौड्याललगायतले सहकारीको महत्वका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने