८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा कानून संशोधन गरेर मात्र लगानी गर्न आग्रह

२४ जेष्ठ २०७५, बिहीबार १०:५२

जेठ २४, काठमाडौँ | उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताउनुभएको छ । 

उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’ को आज काठमाडौँमा उद्घाटन गर्दै संकलन भएका रकमलाई उत्पादकत्व वृद्धिमा लगानी गरी रोजगारी सिर्जना गर्न बचत तथा ऋण सहकारी संस्थालाई आग्रह गर्नुभयो । 

उहाँले नेपालमा राजनीतिक मुद्दा किनारा लागेको बताउँदै अबको मुद्दा आर्थिक क्षेत्रतर्फ केन्द्रीकृत हुनुपर्ने बताउनुभयो । “सहकारी संस्थालाई लगानी गर्न कुनै पुराना नीति, कानून, संरचना र अभ्यासले अप्ठेरो पारेको भए भन्नुहोस् ।” उपप्रधानमन्त्री पोखरेलले सरकार संशोधन गर्न र लगानीको वातावरण बनाइदिन तयार छ भन्नुभयो । 

मुलुकमा ३४ हजार ५०० सहकारी संस्था छन् । तेह्र हजार ५०० संस्था बचत तथा ऋण परिचालन समाज (साकोस) रहेको छ । झण्डै रु तीन खर्ब बचत गरेका छन् । सहकारी ऐनले बचत सहकारी संस्थालाई खास खास क्षेत्रमा लगानी गर्न रोक लगाएको छ । हाल साकोसको लगानी किराना पसल, शैक्षिक कर्जा र वैदेशिक रोजगार, घर निर्माण तथा जग्गा खरिदलगायतका क्षेत्रमा सीमित छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) को आयोजना र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा समावेशी आर्थिक विकासः सञ्जालीकृत साकोस अभियानका लागि कानूनी संहिता’को पुनःसंरचना अभियानका साथ उक्त गोष्ठीको आयोजना गरिएको हो । 

कार्यक्रममा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बचत सहकारी संस्थाले आकर्षक र आत्मनिर्भर लगानीका क्षेत्र पहिल्याई अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले लगानीकर्तालाई कुनै कानूनी अप्ठेरो छ भने सरकार सहजीकरण गर्न तयार भएको बताउँदै कुनै पुराना ऐन संशोधन गर्नुपर्ने भए संशोधन गरेर अगाडि बढ्न संस्थालाई आग्रह गर्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले अर्थतन्त्रको सबलीकरणका लागि सहकारीको महत्वपूर्ण योगदान हुने बताउनुभयो । 

गोष्ठीमा ६६ जिल्लाका ६२० सहकारीकर्मीको सहभागिता र विभिन्न विषयसँग सम्बन्धित ११ कार्यपत्र प्रस्तुत गरिने भएको छ । नेफ्स्कुनमा तीन हजार १०० बचत संस्था आबद्ध छन् । करीब दुई हजार २०० संस्थाले नेफ्स्कुनमा वित्तीय विवरण बुझाउँदै आएका छन् । 

देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको नेफ्स्कुनमा झण्डै २६ लाख व्यक्ति बचत तथा ऋणसम्बन्धी कारोबारमा आबद्ध छन् । गोष्ठीले साकोस स्थिरीकरण, कोष कार्यान्वयन र समुदायको वित्तीय समावेशीकरणमार्फत जनताको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्ने उद्देश्य लिएको छ । 

विगत ३० वर्षदेखि बचत तथा ऋण सहकारीको अभियानमार्फत समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवनस्तर उठाउन क्रियाशील नेफ्स्कुन एशियाली ऋण महासंघ, विश्व ऋण परिषद् र अन्तर्राष्ट्रिय सहकारी महसंघको सदस्य संस्था हो । 

गोष्ठीमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपी मैनाली, राष्ट्रिय सहकारी महासंघका महासचिव चन्द्र ढकाल, नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेत, उपाध्यक्ष परितोष पौड्याललगायतले सहकारीको महत्वका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित)