२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटले सञ्चारको विकास गर्ने

२०७५, २५ जेष्ठ शुक्रबार ०९:२२

जेठ २५, काठमाडौँ | सञ्चार क्षेत्रको विकासका लागि अहिले विनियोजित बजेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरुले बताएका छन् । 

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ बजेटमा सञ्चार क्षेत्र’ विषयक छलफल कार्यक्रममा सञ्चार क्षेत्रमा विगतभन्दा धेरै बजेट विनियोजन भएकाले त्यसलाई कार्यान्वयन गरेर सञ्चारको विकास गर्न सकिने बताउनुभयो । 

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले यसपटक बजेटमार्फत सञ्चार क्षेत्रका लागि ल्याइएको कार्यक्रम राम्रो भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

पत्रकार दुर्घटना बीमा, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता विभागलाई पत्रकारिताको अनुसन्धान बनाउने कुरा राम्रो छ’’ उहाँले भन्नुभयो–‘‘यी कुरालाई कार्यान्वयन गर्न सके सञ्चार क्षेत्रको विकासमा फड्को मारिने छ ।’’ 

पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पाण्डेले श्रम कानून पत्रकारिताको क्षेत्रमा कार्यान्वयन गर्न समस्या परेको भन्दै सरकारले कडाइका साथ लागू गरे पत्रकारको व्यावसायिक सुरक्षा हुने बताउनुभयो । 

उहाँले पत्रकारले राष्ट्रिय गौरवको ठूला आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा खोजी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले पत्रकारिताको विकास गर्नका लागि यसपटक सञ्चार क्षेत्रमा अधिक बजेट विनियोजन गरिएको बताउनुभयो । 

विनियोजित बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गर्दै उहाँले विकासका प्राथमिकताअनुसार नै बजेट आएको जानकारी गराउनुभयो । 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले राजनीतिक व्यक्तिले बजेट नबनाएको हुनाले श्रमजीविको पक्षमा नरहेको बताउनुभयो । 

सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले सञ्चार क्षेत्रको बजेट बढाउनुपर्ने बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने