२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका १ सय ८८ सहकारी स्थानिय सरकारलाई हस्तान्तरण

२८ जेष्ठ २०७५, सोमबार १६:१६

कमल रावल | जेठ २८, अछाम । अछाम जिल्लामा रहेका सहकारी संस्था स्थानिय तहलाई हस्तान्तरण गरिएका छन । डिभिजन सहकारी कार्यालय डोटी मातहत जिल्ला संञ्चालित सहकारी जिल्लाका १० वटै स्थानिय तहमा हस्तान्तरण गरिएका हुन् । 

जिल्लाका २ सय २८ मध्ये डिभिजन कार्यालयमा दर्ता सहीत नियमित नविकरण, लेखा परिक्षण भएका १ सय ८८ सहकारी अब स्थानिय सरकारको मातहतमा चल्ने भएका छन । सहकारी सस्थाको अभिलेखन हस्तान्तरण र स्थानिय तहका पदाधिकारी तथा अधिकृतहरुको २ दिने अभिमुखिकरण कार्यक्रमको उदघाट्न कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले १० वटै स्थानिय तहका प्रमुखलाई फाईल सहीत सहकारी हस्तान्तरण गर्नु भएको थियो । सहकारी बिभागका रघुबँश कडे्लको अध्यक्षता भएको कार्यक्रममा सहकारी दर्ता, अनुगमन, मुल्याकन, सबै कार्य स्थानिय सरकारमा आएकाले प्रदेश ७ का ४ जिल्लाका झण्डै ७ सय ५९ सहकारी स्थानिय तहमा हस्तान्तरण भएका उहाँले बताउनु भयो । 


उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष मोती बहादुर थापाले मन्तव्य राख्नु भएको थियो । २ दिन सम्म चल्ने कार्यक्रममा अछामा १० वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतको सहभागिता रहेको छ । सो कार्यक्रमको संञ्चालन जिल्ला सहकारी संघका अमर न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला