२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज सातै प्रदेशमा बजेट सार्वजनिक हुँदै, कुन प्रदेशलाई कति? हेर्नुहोस्

२०७५, १ असार शुक्रबार ०८:१०

असार १, काठमाडौँ | आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट लागि पेश गर्दैछन् । असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेश बजेटगर्न लागीएको हो।

सातवटा प्रदेश सरकारले ल्याउने बजेटमध्ये सबैभन्दा बढी ३ नम्बर प्रदेश र ७ नम्बर प्रदेशमा कम आकारको बजेट आउने भएको छ । 

हेर्नुहोस्  कुन प्रदेशको बजेट कति?

प्रदेश १ :- प्रदेश १ को लागी ३५ अर्ब रुपैयाँको बराबरको बजेट छुट्याइएको छ। उक्त बजेट अपराह्न ४ बजे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वोद्वारा प्रस्तुत हुने भएको छ। 

प्रदेश २:- यस्तै प्रदेश नम्बरमा करिब २८ अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरिने भएको छ | यो प्रदेशलाई सङ्घीय सरकारले १६ अर्ब रुपियाँ दिएको थियो, बाँकी १२ अर्ब आन्तरिक स्रोत जुटाएर बजेट ल्याउन लागेको हो । उक्त बजेट आज दिउँसो २ बजे प्रदेशसभामा मामिलामन्त्री विजय यादवले पेस गर्ने कार्यक्रम रहेको छ। 

प्रदेश ३:- प्रदेश ३ ले भने करिब ४० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गर्दैछ। बजेटका लागि आज दिउँसो ३ बजे आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलद्वारा प्रस्तुत हुने कार्यक्रम रहेको छ। 

नम्बर ४:- ४ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि करिब २६ अर्ब बराबरको बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेट प्रस्तुत गर्नुहुने भएको छ |

प्रदेश ५:- प्रदेश नम्बर ५ को सरकारले झण्डै २७ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । उक्त बजेट अपराह्न ४ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रि समेतको मन्त्रालय सम्हाल्दै आएका मुख्यमन्त्री शङ्कर पोखरेलले सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रदेश ६:- कर्णाली प्रदेशले २३ अर्ब रुपैयाँको हाराहारीमा आगामी आवको बजेट ल्याउने तयारी गरेको छ। दिउँसो १ बजे आफ्नो बजेट सार्वजनिक हुने बजेट प्रदेश सभामा अर्थमन्त्री प्रकाश ज्वालाले प्रस्तुत गर्नुहुने भएको छ |

प्रदेश ७:- प्रदेश ७ ले २५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। यसका लागि दिउँसो ३ बजे प्रदेशसभा डाकिएको छ। अर्थमन्त्री झपटबहादुर बोहोरले उक्त बजेट प्रस्तुत गर्नुहुने भएको छ | सरकारले चालू आवमा संक्रमणकालीन व्यवस्थापन अन्तर्गत प्रत्येक प्रदेशलाई एक अर्ब २ करोड रुपैयाँका दरले एकमुष्ट ७ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने