४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आ.व ०७५/०७६ का लागि कर्णाली प्रदेशको बजेट २८ अर्ब २८ करोड

१ असार २०७५, शुक्रबार १२:३२

असार १,सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ विनियोजन गरेको छ । विनियोजित मध्ये चालूतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ५० करोड रुपैयाँ, चालू आर्थिक वर्षको बाँकी रहन जाने अनुमानित रकम ५० करोड रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुन आएको रकम ५ अर्ब ५१ करोड ६६ लाख १५ हजार रुपैयाँ र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब १३ करोड १४ लाख रुपैयाँ र सःशर्त अनुदानबाट ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार रुपैयाँ परिचालन गरिने बजेट वत्तव्यमा उल्लेख छ ।

त्यसैगरी, समपूरक र विशेष अनुदानबाट ५ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री ज्वालाले बताए । सो अनुदानबाट समेत नपुग हुन जाने १ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालनबाट व्यहोर्ने व्यवस्था मिलाएको प्रकाश ज्वालाले  बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता