२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चतराको जेटबोट काभ्रेको दोलालघाटसम्म सञ्चालन हुने

२०७५, ९ असार शनिबार ११:२२

असार ९, गाईघाट | सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । 

हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक कविनकुमार राईले बताउनुभयो । 

राई भन्नुहुन्छ, “सप्तकोशीको जेटबोट संखुवासभाको तुम्लिङटार हुँदै सुनकोशी भएर काभ्रेको दोलाल घाटसम्म लान सकिन्छ । एक वर्षभित्र यो योजना सफल बनाउन लागिपरेका छौँ ।” 

उदयपुरको बेलकाको डुम्रीबोटे चतरा भएर संखुवासभाको तुम्लिङटारमा जेटबोट पु¥याउन अरुण नदीमा केही स्थानमा ढुंगा हटाउनु पर्नेछ । यसैगरी, सप्तकोशी हुँदै सुनकोशी भएर काभ्रे दोलालघाट जेटबोट लान सुनकोशीका केही स्थानमा पनि ढुंगा फुटाल्नुपर्ने अवस्था रहेको छ । 

आगामी हिउँददेखि एक वर्षभित्र उदयपुरको, बेलका चतरा, तुम्लिङटार, काभ्रे दोलाघाट मोटरजेट चल्ने बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा बताउनुहुुन्छ । 

सप्तकोशीबाट सुनकोशी हुँदै काभ्रेको दोलालघाटसम्म जेट सञ्चालन भएमा राजधानी काठमाडौँदेखि सुनकोशी सप्तकोशी भएर पूर्वको जलयात्रा गर्न सहज हुने सम्बद्ध पदाधिकारी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै