५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चतराको जेटबोट काभ्रेको दोलालघाटसम्म सञ्चालन हुने

९ असार २०७५, शनिबार ११:२२

असार ९, गाईघाट | सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । 

हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक कविनकुमार राईले बताउनुभयो । 

राई भन्नुहुन्छ, “सप्तकोशीको जेटबोट संखुवासभाको तुम्लिङटार हुँदै सुनकोशी भएर काभ्रेको दोलाल घाटसम्म लान सकिन्छ । एक वर्षभित्र यो योजना सफल बनाउन लागिपरेका छौँ ।” 

उदयपुरको बेलकाको डुम्रीबोटे चतरा भएर संखुवासभाको तुम्लिङटारमा जेटबोट पु¥याउन अरुण नदीमा केही स्थानमा ढुंगा हटाउनु पर्नेछ । यसैगरी, सप्तकोशी हुँदै सुनकोशी भएर काभ्रे दोलालघाट जेटबोट लान सुनकोशीका केही स्थानमा पनि ढुंगा फुटाल्नुपर्ने अवस्था रहेको छ । 

आगामी हिउँददेखि एक वर्षभित्र उदयपुरको, बेलका चतरा, तुम्लिङटार, काभ्रे दोलाघाट मोटरजेट चल्ने बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा बताउनुहुुन्छ । 

सप्तकोशीबाट सुनकोशी हुँदै काभ्रेको दोलालघाटसम्म जेट सञ्चालन भएमा राजधानी काठमाडौँदेखि सुनकोशी सप्तकोशी भएर पूर्वको जलयात्रा गर्न सहज हुने सम्बद्ध पदाधिकारी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता