2026-08-25 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिँचाइको ठेक्कामा अनियमितता भएको आरोप (निबेदन सहित)

चिसाङ शेर्पा | असार १२, खोटाङ | सीचाई योजनाको ठेक्कामा अनिमितता भएको भन्दै सिँचाई बिकास डिभिजन कार्यालय खोटाङमा निबेदन परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित ‘छेपेखोला–खार्ते खोला सिँचाई’ योजनाको ठेक्कामा अनियमितता भएको भन्दै आईतबार सिँचाई बिकास डिभिजन कार्यालयमा दोर्पाचिउरीडाँडाका उमेशचन्द्र राईले सत्यतथ्य बुझ्नका लागि निबेदन दिनु भएको हो । 

गत जेठ ९ गते १२.३० बजे ठेक्का खोल्दा ३२.५ प्रतिशत बिलोमा शुभ एण्ड ध्रुब कन्ट्रक्सन प्रालिलाई ठेक्का पर्ने भएपछि कार्यालयका कर्मचारीले सजिव निर्माण सेवाको नाममा असार ७ गते आशयपत्र जारी गरेको भन्दै आवश्यक सत्यतथ्य सूचनाका लागि उजुरी परेको हो । ठेक्कामा भएको अनियमितताका बिषयमा जानकारी लिन सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुशार कार्यालयमा निबेदन दिएको राईले बताए । राईले दिएको सूचनाको हक सम्वन्धी निबेदन सिँचाई बिकास डिभिजन कार्यालयमा ४२० नम्बरमा दर्ता भएको छ । 

निबेदनमा छेपेखोला–खार्ते खोलाको ठेक्कामा संलग्न निर्माण व्यवसायीको बिल अफ क्वान्टिटी, ठेक्का खोलेको मुचुल्का र हाड कपीको अगाडि र पछाडि संलग्न प्रतिनिधिले गरेको हस्ताक्षर उपलव्ध गराउन भनिएको छ । एउटा निर्माण कम्पनीलाई पर्न लागेको ठेक्काको बिल अफ क्वान्टिटी परिवर्तन गरेर अर्कै निर्माण कम्पनीलाई ठेक्का पार्ने खेल भएकाले यथार्थ विबरण माग गरिएको निबेदक राईले जनाए ।

निबेदनका आधारमा सूचना नपाएको उजुरी प्रशासनमा पुगेपछि निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीले सोमबार नियम अनुशार सूचना उपलव्ध गराउन सिँचाइ कार्यालयलाई निर्देशन दिएका छन् । सूचना दिनमा अझै आलटाल भइरहेको निबेदकको गुनासो छ । कार्यालयले १ करोड ९९ लाख ४५ हजार २७३ को आयोजनाका लागि गत बैसाख ९ गते सुचना प्रकाशित गरेको थियो । सिँचाई बिकास डिभिजन कार्यालयका प्रमुख हिमालय पौडेलले भने सबैभन्दा कम रेटमा ठेक्का हाल्ने निर्माण कम्पनीकै नाममा ठेक्का आशय दिइएको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग