५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवागढी जलविद्युत् आयोजनाः सुरुङ निर्माण तीव्र

१६ असार २०७५, शनिबार ०५:०८

ज्ञानेन्द्र न्यौपाने | असार १६, रसुवा | उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । 

रसुवागढी आयोजनाका प्रमुख छविलाल गैरेका अनुसार सुरुङको कुल लम्बाइ चार हजार २०३ मिटरमध्ये तीन हजार ९५३ मिटर निर्माण भइसकेको छ । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको संरचनानुसार तीन युनिटमध्ये पहिलो युनिटबाट सन् २०१९ भित्र र अन्य युनिटबाट सन् २०२० भित्र उत्पादन गरिसक्ने लक्ष्य लिइएको बताइएको छ । 

रु १३ अर्ब ६४ करोड ४० लाखको लागतमा सन् २०१४ देखि निर्माण शुरु भएको आयोजनामा भूकम्पले बाहिरी सतहमा लामो समयसम्म बाधा पु¥याएको र तत्कालीन अवस्थामा पेट्रोलियम पदार्थको अभाव एवं स्याफ्रु–रसुवागढी राजमार्गमा आएको पहिराका कारण सामान तथा उपकरण समयमा ढुवानी गर्न असहज भएका कारण निर्माणको समयावधि लम्बिन गएको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट विद्युत् निरन्तर उत्पादन हुनेछ । 

भोटेकोशी र लेहेन्दे खोलाको पानी सदुपयोग गर्दै आयोजना निर्माण हुन लागेको र अहिलेसम्मको समग्र प्रगति ६२ प्रतिशत पूरा भइसकेको आयोजना प्रमुख छविलाल गैरेले बताउनुभयो । ठेकदार कम्पनी सिडब्लुई चाइनाअन्तर्गत २६० चिनियाँसहित ७६० कामदार संलग्न रहेको आयोजनाले जनाएको छ । 

हेलिकप्टर अवतरण शुल्क बुझाउन आग्रह 

लाङ्टाङ राष्ट्रिय निकुञ्जको भूभागमा हेलिकप्टर अवतरण गराउने सबै कम्पनीलाई राजश्व बुझाउने समयसीमा निर्धारण भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार निकुञ्जका भूभागमा हेलिकप्टर अवतरण गराएवापत सम्बन्धित कम्पनीले मूअकसमेत प्रतिफ्लाइट रु दुई हजार २६० का दरले हुन आउने रकम यही असार २५ गतेभित्र धुञ्चेस्थित कार्यालयमा बुझाई राजश्व असुलीमा सहयोग गर्न सबै कम्पनीलाई आग्रह गरिएको छ । 

रसुवा–नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका उच्च भाग प्रायः लाङ्टाङ राष्ट्रिय निकुञ्ज पर्ने भएकाले जति पटक निजी वा सरकारी जमीन जहाँ अवतरण गरे पनि पटकैपिच्छे शुल्क लाग्ने निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै लाङ्टाङ क्षेत्रको पुनःनिर्माण गर्ने जिम्मा पाएको अन्तर्राष्ट्रिय गैसस समरिटन्स पर्सले वन पैदावारको राजश्व नबुझाएकाहरुलाई राजश्व असुलीको तरताकेता भइरहेको निकुञ्जले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता