2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इटहरीको बजेट रु एक अर्ब ५० करोड

असार २२, इटहरी | इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । 

उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी आव २०७५÷०७६ का लागि प्रस्तुत बजेटका विषयमा उपमहानगरपालिकामा रहेका २० वटै वडालाई कम्तीमा सरदर न्यूनतम रु ७० लाखदेखि एक करोड बढीको विकास बजेट पर्ने गरी सबै वडाका जनप्रतिनिधिसँग परामर्श र छलफल गरेर बजेट ल्याएका छौँ भन्नुभयो । 

पत्रकार सम्मेलनमा बजेट नीति तथा कार्यक्रमसम्बन्धी समितिको संयोजकसमेत रहनुभएकी उपप्रमुख लक्ष्मी गौतमले बजेटका विषयमा थप जानकारी दिनुहुँदै उपमहानगरले केही इटहरी गौरवका योजना समेत ल्याएको जानकारी दिनुभयो । पहिला प्रस्तुत बजेटमा संघ र प्रदेशबाट प्राप्त हुने सहयोग थपिएकाले बजेटको आकारसमेत परिमार्जन हुन गएको हो भन्नुभयो । 

उहाँले इटहरी गौरवका प्रस्ताविक कार्यक्रममध्ये उपमहानगर–५ मा सार्वजनिक पार्क, इटहरीको मुख्य चोक तथा त्यस आसपासमा सार्वजनिक शौचालय, उपयुक्त स्थानमा औद्योगिक ग्राम, आदिवासी जनजातिको संग्रहालय, पर्यटकीय क्षेत्र तालतलैयाको विकाससँगै आइतबारे प्रवेश मार्गमा रात्रिकालिन बजार चलाउने कार्यलाई यो बजेटले इटहरी गौरवको कार्यक्रमभित्र समेटेको उपप्रमुख गौतमले प्रष्ट्याउनुभयो । 

कूल अनुमोदित बजेटमध्ये खर्चतर्फ २० दशमलव २८ प्रतिशत तथा पूँजीगत खर्चतर्फ कूल बजेटको ७९ दशमलव ३४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ० दशमलव ५ प्रतिशत विनियोजन गरेको पनि पत्रकार सम्मेलनमा थप जानकारी दिइएको छ । बजेटले भौतिक पूर्वाधारसँगै खेलकुद पत्रकारिता एवं मानवीय संशाधन विकासका लागि पनि उल्लेख्य बजेट व्यवस्था गरेको पनि उपप्रमुख गौतमले उल्लेख गर्नुभयो । 

बजेट निर्माणका क्रममा केही असहज परिस्थिति आउला कि भन्ने अवस्था देखिए पनि सबैको सहमति र सन्तुलित ढंगले आएको तथा केही वडालाई जनसंख्याको सघनतालाई दृष्टिगत गरेर अन्य वडाको भन्दा केही धेरै बजेट पर्न गएको पनि उहाँले स्पष्ट पार्नुभयो । 

पत्रकार सम्मेलनमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत छवि रिजालले सञ्चार क्षेत्रले सम्पूर्ण नगरवासीलाई सचेत र सन्तुलित सूचना दिएर समग्र उपमहानगरको एकीकृत विकासमा महत्वपूर्ण योगदानमा सहभागी हुन नगरवासीमा उत्प्रेरणा जागृत गराउन आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई