२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नपाद्धारा आगामी बर्षका लागी नयाँ योजना तथा कार्यक्रमको थालनी

२०७५, २३ असार शनिबार १६:१६

असार २३, अछाम | मंगलसेन नगरपालिकाले जनतालाई प्रदान गर्ने सेवा प्रवाहमा सुधार र प्रभावकारीता ल्याउन विभिन्न प्रशासनिक सुधार कार्यको थालनीका साथै आगामी बर्षका लागी नयाँ योजना तथा कार्यक्रमको थालनी गरेको छ । 

सुरुवाती चरणमा नेपाल सरकार अर्थ मन्त्रालयले विकास गरेको स्थानिय संचितको ब्यबस्थापन प्रणाली (शुत्र) लागु गरि बजेट तथा आर्थिक कारवारोलाई अनलाइन प्रणालीमा रुपान्तरण गरेको लेखा अधिृकत कृष्ण बहादुर शाहीले बताउनु भयो । त्यसैगरी समाजिक सुरक्षा भत्ता पाउने लाभग्रीको अभिलेख ब्यबस्थापन गर्न, घटना दर्ताका कार्यहरु अनलाइमा आधारित बनाउन र नगरपालिकाको सवै सुचनाहरु वेवसाईटमा अपडेट गर्न तिब्र गतिको ३ एमविपिएसको वर्डलिंक ईन्टरनेट समेत जिम्मेवारी लिएको हप्ता दिनमा नै जडान गरि सेवा प्रवाहमा सुधारको कार्यमा तिब्रता दिएको समेत उहाले बताउनु भयो । 

नगरपालिकाका कामकारवाहीमा पारदर्शिता र जवाफदेहिता ल्याउन मंगलसेन बजारमा रहेको खुला मञ्च दरबार क्षेत्र नजिकै सार्बजनिक उजुरी पेटीका समेत स्थापना गरिएको छ । नगरपालिकाको काम कार्वाहीको सम्बन्धमा जनताले नगरपालिकामा आई प्रत्यक्ष रुपमा उजुरी दिन नसक्ने अवस्थामा उक्त उजुरी पेटिकामा आफ्ना गुनासा र उजुरी खसाल्न नगर प्रमुख पदम बोहराले सर्वसाधारण सवैलाइ आग्रह गर्नु भएको छ । प्रत्येक शुक्रवार खोलिने उक्त उजुरी पेटिकामा नगरपालिकाले प्रवाह गर्ने सेवा प्रवाहमा ल्याउनु पर्ने सुधार सम्बन्धमा समेत आफ्ना भनाइ र सुझाव लिखित रुपमा दिन समेत नगर प्रमुख बोहराले आम जनतालाई आग्रह गर्नु भएको छ । 

चालु आर्थिक बर्षका योजनाको फरफारकमा पारदर्शिता ल्याउन अनुगमलाइ तिव्रता दिनुका साथै सवै कागजात र प्रकृया पुरा गरि रकम भुक्तानीको माग आएमा एक घण्टा भित्रै भुक्तानी दिने नीति लिएका कारण चालु आ.ब.का ९५ प्रतिशत योजनाको रकम भुक्तानी भै सकेको बताउँदै लेखा अधिकृत शाहीले आगामी श्राबण १ गतेबाट नगरपालिका प्रत्येक शाखामा सि.सि. क्यामेरा, कर्मचारिको लागी ईलेक्ट्रोनिक हाजिरी, र जनताको सुचनामा सहज पहुँचकालागी डिजिटल सुचना बोर्ड जडान गर्न लागीएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी