2026-09-19 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गढी गाउँपालिकाको बजेट रु ३२ करोड

साउन १  इनरुवा | सुनसरीको गढी गाउँपालिकाले आफ्नो दोस्रो गाउँसभाबाट पारित बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार सभाबाट पारित आर्थिक वर्ष २०७५÷२०७६ को बजेट योजना, नीति तथा कार्यक्रममार्फत रु ३२ करोड सातलाख २९ हजार बराबरको बजेट सार्वजनीकिकरण गरेको हो । 

गढी गाउँपालिकाले आफ्नो बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा सम्पत्ति कर कडाइका साथ लागू गर्ने, विकासलाई साझेदारीको अवधारणाअनुसार सञ्चालन गर्ने, रु १० लाख बढीको योजना टेण्डरको माध्यमबाट मात्रै गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो । 

यादवले आफ्नो बजेट वक्तव्यमा गाउँका छवटै वडाका सबै कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रको संरक्षणमा ध्यान दिने बताउनुभएको छ । 

गाउँपालिकाको सार्वजनीकिकरण कार्यक्रममा उपाध्यक्ष राजकुमारी चौधरी, २ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरी, ४ नम्बर वडाध्यक्ष रामचन्द्र महतोसहितका वडाध्यक्ष र जनप्रतिनिधिको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र भट्टराईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई