2026-10-05 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनताको गुनासो ‘सडक स्तरीय भएन’

साउन ८ बुधबारे ।  हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक– जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेको स्थानीयको दावी छ ।

मंगलबार उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधीहरु स्थलगत अवलोकनका क्रममा जाँदा सर्वसाधारणले सो खाले गुनासो गरेको मञ्चका अध्यक्ष धरणीधर पोखरेलले बताएका छन् । सो टोलीले स्थलगत अवलोकनका क्रममा सो सडक खण्डको बुद्धशान्ति क्षेत्रको सडक अवलोकन गरेको थियो ।

अवलोकनको क्रममा सडकका केही ठाउँमा कमसल सामग्रीका कारण बाटो भत्किएको थियो । सो ठाउँका स्थानीय गणेशप्रसाद निरौला, अनन्त नारायण श्रेष्ठ, ठाकुरनारायण श्रेष्ठ, शकुन्तला भट्टराई, सिताराम गौतम, रामकुमार गौतम लगायतले सडक स्तरीय नभएको बताएका थिए । ‘सडक स्तरीय बनेको छैन– स्थानीय शकुन्तला भट्टराईले भनिन् ‘कालोपत्रे भएको केही दिनमा नै कालोपत्रे उक्किए पछि ठेकेदारहरु आएर हत्तपत्त उक्किएको ठाउँ मर्मत गरे ।’ त्यस्तै स्थानीय सिताराम गौतमले अहिले पनि सडकको अवस्था हर्ने हो भने केही ठाउँको कालोपत्रे हातले सहजै निकाल्न सकिन्छ बताए । उनले सो टोलीलाई सहजै हातले कालोपत्रे सडक उक्काएर पनि देखाए । स्थानीयले पटकपटक स्तरीय सडक नबनेको बारे धेरै तिर कुरा उठाए पनि कसैले सुनुवाई नगरेको  जानकारी दिए । सडकको स्तरीयताको बारे निर्माण कम्पनीलाई जानकारी गराउँदा झापाकै नमुना सडक बन्ने बताउँदै एक वर्ष भित्र विग्रिए बनाइदिने बताउने गरेको   जनाए ।

अवलोकनका लागि गएको टोलीले ठाउँठाउँमा सडक अवलोकन गर्दा आफूले प्रयोग गरेको मोटरसाइकल राखेको ठाउँमा मोटरसाइकलको स्टेनले समेत कालोपत्रे गरिएको सडक दबेको थियो । जसले सडकको अवस्था स्तरीय नभएको निक्यौल सो टोलीले लगाउँदै सम्बन्धित निकायमा लिखित जानकारी गराउने जनाएको छ । उपभोक्ता संरक्षण मञ्च बुद्धशान्तिका अध्यक्ष सहित सचिव बेदनिधी न्यौपाने, सहसचिव तिर्थराज पौड्याल, कोषाध्यक्ष देवकुमारी शेर्मा, सदस्य खडानन्द वाग्ले, मनोरथ तिवारी, लक्ष्मी सुवेदी लगायतको टोलीले सो सडकबारे जनगुनासो बढे पछि स्थलगत अवलोकन गरेको थियो । साथै सो टोलीले मंगलबारै बुद्धशान्ति २ को खतिवडा चोकबाट साविक बुधबारे ७ तिर जाने सडक खण्ड तथा आदर्श नमुना सामुदायिक वन बुद्धशान्तिको हाताभित्र लगाइएको विरुवा नर्सरीको पनि अवलोकन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो