2026-09-19 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिप्रुङ चुइचुम्मा गाउँपालिका आफ्नै भवनमा

चिसाङ शेर्पा | साउन १४, खोटाङ | जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै भवनबाट दैनिक कामकाज सुरुवात गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ सप्तेश्वर छितापोखरी याङसोलाटारमा भुकम्प प्रतिरोधात्मक सुविधायुक्त भवन निर्माण सम्पन्न गरेर आफ्नो दैनिक कार्यालयगत कामकाज सुरुवात गरेको हो ।

‘गाउँपालिका भवन निर्माण उपभोक्ता समिति’ले निर्माण सम्पन्न गरेको भवनलाई सोमबारबाट विधिवत ढंगबाट संञ्चालनमा ल्याइएको छ । सोमबार बिहान गाउँपालिका प्रमुख भुपेन्द्र राई र उपप्रमुख सपना राईले एकसाथ भवनमा राखिएको नेपालको राष्ट्रिय झण्डा स्थापना र पुजाअर्चना सहित रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो । याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको ७ रोपनी ८ आना जग्गामा गाउँपालिकाको ७० लाख लगानीमा निर्माण भएको भवनमा ९ वटा कोठा, १ वटा सभाहल , ४ वटा शौचालय रहेको छ ।

निर्वाचित भए पश्चात जनतासामू खाएको सपथ र कसमलाई पुरा गर्न आफू लगायत सम्पुर्ण जनप्रतिनिधि निश्पक्ष ढंगले लागि परीरहेको दिप्रङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । भवन निर्माणमा संलग्नलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिका प्रमुख राईले संमृद्ध गाउँपालिका बनाउन आफ्ना मातहतका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

आठ गाउँपालिका मध्ये विकासमा सबैभन्दा अगाडी बढेको गाउँपालिका यसअघि तीन कन्य प्रावि विद्धालयको दुइ कोठे भवनमा कार्यालयगत कामकाज गरिरहेको थियो । जिल्लाको स्थानिय सरकारको हकमा आफ्नै भवनमा सर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो भएको छ । दुइ नगरपालिका आठ गाउँपालिका रहेको खोटाङका अन्य नगरपालिका र गाउँपालिकाको कार्यालय भाडामा बस्दै आइरहेको छ ।

माथिको तश्विरमा: दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन उद्घाटन गर्नुहुदै गाउँपालिका प्रमुख तथा उपप्रमुख । तस्विर: चिसाङ शेर्पा / सास / खोटाङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई