पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन १९, उदयपुर | </b>एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुर जिल्लाको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट रु ११ लाख ५० हजार राजश्व संकलन गरेको छ । <br></p><p>२०७३÷०७४ देखि २०७४÷०७५ सालको असार महिनासम्ममा कटारी क्षेत्रबाट झण्डै एक हजार २४० पुरुष र ४३० महिलाले वैदेशिक रोजगारीका लागि राहदानी लिने कार्यमा राजश्व बुझाएबापत रु ११ लाख ५० हजार राजश्व संकलन भएको इप्रका कटारीका प्रमूख सुनिल पौडेलले बताउनुभयो । </p><p>यसअघिसम्म वैदेशिक रोजगारीको लागि राहादानीको सम्पूर्ण कार्य जिल्ला सदरमुकाम गाईघाटबाटमात्र हुँदै आएको थियो । रासस</p>

