२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्प पीडितलाई थप ५० हजार अनुदान दिने निर्णय, तर सर्त यस्तो !

२०७५, २९ भाद्र शुक्रबार १२:५६

भदौ २९, काठमाडौँ | भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजार जस्ता क्षेत्रमा परेका बस्तीको पुनःनिर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई यथावत् कायम गर्ने गरी बनाउने निर्णय गरेको हो । ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढल निकास लगायतका पूर्वाधारको पुनःनिर्माणका लागि प्राधिकरणमार्फत् नै लगानी गर्ने निर्णय पनि बैठकले गरेको छ । 

त्यस्ता बस्तीमा रहेका निजी आवास पुनःनिर्माण गर्नुपर्ने घरधनीलाई मौलिक/पुरातात्विक शैलीमा पुनःनिर्माण गर्न थप रु ५० हजार अनुदान उपलब्ध गराइने निर्णयसमेत बैठकले गरेको छ । 

प्राधिकरणले दुई वा त्यसभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको सङ्ख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने भएको छ । 

उपत्यका भित्रका बस्तीमा लाभग्राही सूचीमा परेका घरको पुनःनिर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि कार्यकारी समिति बैठकले गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै