२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह खुला दिसामुक्त घोषणा

२०७५, २२ आश्विन सोमबार ०४:१९

असोज २२, भद्रपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल आइतबार खुला दिसामुक्त नगर घोषणा भएको छ । 

१२ हजार १४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि सात हजार ७५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा चार हजार ३९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । 

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सहारा नेपालले खुला दिसामुक्त अभियानको सहजीकरण गरेको थियो । भीआइपीहरूको नगरपालिकाको रूपमा चिनिने गौरादह झापाको दशौँ स्थानीय तहको रूपमा खुला दिसामुक्त घोषणा भएको छ । 

गौरादह प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रसँगै अर्थमन्त्री डा युवराज खतिवडा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रदेश नं १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीलगायतका विशिष्ट व्यक्तिहरूको गृहनगर हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाकी उपाध्यक्ष मीना पराजुलीले जिल्लालाई खुला दिसामुक्त घोषणा गरी यसै महीनादेखि पूर्णसफाइ अभियान अघि बढाइने बताउनुभयो । 

कार्यक्रममा नगरपालिका प्रमुख रोहितकुमार साहले गौरादह खुला दिशामुक्त नगर घोषणामा ढिलाइ भए पनि सरसफाइ प्रवद्र्धनमा अन्य स्थानीय तहका लागि नमूना बनाउने प्रतिबद्धता जनाउनुभयो । खुला दिसामुक्त अभियानमा सहयोग गर्ने सङ्घसंस्था, निकाय र अभियानकर्ताका साथै आफ्नै लगानीमा सुरक्षित चर्पी बनाउने घरधुरीलाई सो अवसरमा सम्मान गरिएको थियो । 

१५ स्थानीय तह रहेको झापा जिल्लामा यही असोज २२ गते दमक र २४ गते कचनकवल घोषणा हुँदैछन् । जिल्लामा खुला दिसामुक्त घोषणा गर्नका लागि हल्दिबारी गाउँपालिका तथा भद्रपुर र मेचीनगर नगरपालिका मात्र बाँकी रहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका संयोजक विनोद शर्माले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ