२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१३ वर्षपछि आईतबारर साँफेबगर विमानस्थलमा नियमित उडान हुँदै

२७ आश्विन २०७५, शनिबार ०७:३०

असोज १७, अछाम | उडान बन्द भएको १३ वर्षपछि साँफेबगर विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । नेपाल वायु सेवाको विमानले असोज २८ गते विहान साढे १० वजे नेपालगंजबाट साँफेबगरमा नियमित उडान भर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । 

जेठ ११ गते नेपालगञ्जबाट समिट एयरको लेट विमानले हवाई मैदान परीक्षण गरेको हो । ०६२ बाट पूर्ण रुपमा बन्द भएको साँफेबगर हवाइ मैदानको कालेपत्रे गरिएपछि जेठमा हवाइ उडान परीक्षण गरिएको थियो । हवाई उडान भरेको साढे ४ महिनापछि असोज २८ गते नियमित उडान भर्ने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो । सुरुमा अहिले नेपाल वायु सेवाको विमानले हप्ताको दुई पटक नेपालगंजबाट हवाई उडान भर्न लागेको नगर प्रमुख कुँवरको भनाई रहेको छ ।

सुरुमा नेपालगंजबाट हवाई उडान भरे पनि पछि धनगढीबाट साँफेबगरमा पनि नियमित उडान भर्ने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो । ०५८ फागुन ४ मा तत्कालिन नेकपा माओवादीले सदरमुकामसँगै साँफेबगरमा आक्रमणपछि विमानस्थलको टावर ध्वस्त हुँदा विमानस्थल बन्द थियो । उहाँले नीजि विमान अवतरण गर्दा महङ्गो हुने भएका कारण सरकारी बिमान चलाउनको लागि समय बढी लागेको पनि जानकारी दिनुभयो । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद भीम रावल, राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुँवरलको पहलमा हवाई उडान भर्नको लागि नेपाल वायु सेवा निगमसँग सहमति भएको जानकारी दिनुभयो । 

नगरप्रमुख कुँवरले स्थानीय सरकारको तर्फबाट नियमित विमान सञ्चालनको लागि पहल गर्ने पनि बताउनुभयो । ुदुरपश्चिममा कैलालीको गेटा विमानस्थलपछि साँफेबगर विमानस्थललाई सहज मानिन्छ ।साँफेबगरबाट हवाइ जहाज चलेपछि अछाम, बाजुरा र डोटी जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेछन् । ‘नियमित प्लेन चल्यो भने बिरामीलाई उपचारका निम्ती शहरिया अस्पतालमा तत्काल मात्र नभइ पर्यटन, उद्योग व्यवसायमा समेत सकारात्म प्रभाव पर्ने साँफेबगर नगरपालिकाका प्रवक्ता वालगिरी कुँवरले जानकारी दिनुभयो हवाइजहाज नियमित भएपछि यस क्षेत्रका खप्तड, रामारोशन, बडिमालिका लगायतमा पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ । अमर कन्ट्रक्सनले ११ करोड १७ लाखमा विमानस्थल कालोपत्रे गर्ने काम सम्पन्न गरेको थियो । यसभन्दा अघि साँफेबगर हवाइ मैदान खेलुकद सञ्चालन गर्ने मैदानमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य