२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१३ वर्षपछि आईतबारर साँफेबगर विमानस्थलमा नियमित उडान हुँदै

२०७५, २७ आश्विन शनिबार ०७:३०

असोज १७, अछाम | उडान बन्द भएको १३ वर्षपछि साँफेबगर विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । नेपाल वायु सेवाको विमानले असोज २८ गते विहान साढे १० वजे नेपालगंजबाट साँफेबगरमा नियमित उडान भर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । 

जेठ ११ गते नेपालगञ्जबाट समिट एयरको लेट विमानले हवाई मैदान परीक्षण गरेको हो । ०६२ बाट पूर्ण रुपमा बन्द भएको साँफेबगर हवाइ मैदानको कालेपत्रे गरिएपछि जेठमा हवाइ उडान परीक्षण गरिएको थियो । हवाई उडान भरेको साढे ४ महिनापछि असोज २८ गते नियमित उडान भर्ने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो । सुरुमा अहिले नेपाल वायु सेवाको विमानले हप्ताको दुई पटक नेपालगंजबाट हवाई उडान भर्न लागेको नगर प्रमुख कुँवरको भनाई रहेको छ ।

सुरुमा नेपालगंजबाट हवाई उडान भरे पनि पछि धनगढीबाट साँफेबगरमा पनि नियमित उडान भर्ने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो । ०५८ फागुन ४ मा तत्कालिन नेकपा माओवादीले सदरमुकामसँगै साँफेबगरमा आक्रमणपछि विमानस्थलको टावर ध्वस्त हुँदा विमानस्थल बन्द थियो । उहाँले नीजि विमान अवतरण गर्दा महङ्गो हुने भएका कारण सरकारी बिमान चलाउनको लागि समय बढी लागेको पनि जानकारी दिनुभयो । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद भीम रावल, राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुँवरलको पहलमा हवाई उडान भर्नको लागि नेपाल वायु सेवा निगमसँग सहमति भएको जानकारी दिनुभयो । 

नगरप्रमुख कुँवरले स्थानीय सरकारको तर्फबाट नियमित विमान सञ्चालनको लागि पहल गर्ने पनि बताउनुभयो । ुदुरपश्चिममा कैलालीको गेटा विमानस्थलपछि साँफेबगर विमानस्थललाई सहज मानिन्छ ।साँफेबगरबाट हवाइ जहाज चलेपछि अछाम, बाजुरा र डोटी जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेछन् । ‘नियमित प्लेन चल्यो भने बिरामीलाई उपचारका निम्ती शहरिया अस्पतालमा तत्काल मात्र नभइ पर्यटन, उद्योग व्यवसायमा समेत सकारात्म प्रभाव पर्ने साँफेबगर नगरपालिकाका प्रवक्ता वालगिरी कुँवरले जानकारी दिनुभयो हवाइजहाज नियमित भएपछि यस क्षेत्रका खप्तड, रामारोशन, बडिमालिका लगायतमा पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ । अमर कन्ट्रक्सनले ११ करोड १७ लाखमा विमानस्थल कालोपत्रे गर्ने काम सम्पन्न गरेको थियो । यसभन्दा अघि साँफेबगर हवाइ मैदान खेलुकद सञ्चालन गर्ने मैदानमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी