२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित

८ कार्तिक २०७५, बिहीबार ०५:४३

कात्तिक ८, दमौली (रासस) | व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो । 

उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस्थित नभए पनि कार्यकारी सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उक्त सम्मेलनले न्यौपानेसहित आठ जनालाई कार्यकारी सदस्यमा निर्वाचित गरेको छ । 

नयाँ निर्वाचित कार्यसमितिमा जर्मनीको मेनहम नगरका प्रमुख पिटर क्रुज, बेलायतको व्रिष्टोल नगरका प्रमुख मार्भिन रिज, इटालीको पालेर्मो नगरका प्रमुख लियो लुका ओर्लाण्डो, युगाण्डाको होइमा नगरपालिकाका प्रमुख ग्रेस मेरी मुगासा, नर्वेको स्टेभेङ्गजर नगरका प्रमुख क्रिष्टिन सेगन हेल्गो, अमेरिकाको कोलम्बिया नगरका प्रमुख स्टेफेन के बेनजामिन र लाइवेरियाको मोनरोभिया नगरका प्रमुख जेफर्सन टम्बा कोइजी रहनुभएको छ । 

उक्त सम्मेलनले शहरी बसाइसराइलाई मानवीय ढङ्गले व्यवस्थित गर्ने शहरी सुरक्षा र शहरी स्वास्थ्य क्षेत्रमा सम्बन्धित विश्व सङ्गठन र क्षेत्रीय सङ्गठनसँग समन्वय गरी कार्य गर्ने प्रतिबद्धतासहित घोषणापत्र समेत जारी गरेको छ । 

देवघाटका एक हजार ५२३ लाई भत्ता वितरण 

तनहुँको देवघाट गाउँपालिकाले एक हजार ५२३ जनालाई करीब रु तीन करोड भत्ता वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४÷७५ मा एक हजार पाँच महिला र ५१८ पुरुषलाई रु दुई करोड ९९ लाख ८१ हजार ४०० सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 

सरकारले ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक (अन्य), एकल महिला, विधवा, पूर्ण अशक्त अपाङ्ग, अति अशक्त अपाङ्ग र बालबालिकालाई मासिक रूपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । 

गाउँपालिकाले गाउँपालिकाभित्र बसोवास गर्ने ७९ जना ज्येष्ठ नागरिक (दलित) लाई रु १२ लाख ८४ हजार, ८६२ जना ज्येष्ठ नागरिक (अन्य)लाई रु दुई करोड १० लाख ७५ हजार, २५४ जना एकल महिलालाई रु ३५ लाख ९२ हजार, २२३ जना विधवालाई रु २८ लाख ८० हजार, २६ जना पूर्ण अशक्त अपाङ्गलाई रु ६ लाख ६० हजार, ४० जना अतिअशक्त अपाङ्गलाई रु दुई लाख ९५ हजार २०० र ३९ जना बालबालिकालाई रु एक लाख ९५ हजार २०० सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । 

गाउँपालिकाले ३२ जना ज्येष्ठ नागरिक (दलित), ८६२ जना ज्येष्ठ नागरिक (अन्य), ५० जना एकल महिला र ३२ जना विधवालाई उपचार खर्चसमेत प्रदान गरेको थापाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की