2026-08-25 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानीडाँडा, आहाले हुंदै पञ्चमीबजार पुग्यो गाडी, दक्षिणी भेग र दिक्तेल नजिक बन्दै

चिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | दिक्तेलबाट दक्षिणी क्षेत्र पञ्चमीबजारमा गाडी पुगेको छ । दिक्तेलबाट खानीडाँडा, आहाले–याम्खा हुंदै सप्तेश्वर छितापोखरीको पञ्चमीबजारमा गाडी पुगेको छ । यससँगै दक्षिणी भेग अब दिक्तेलसँग नजिक बनेको छ । 

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा पुछार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले (साप्सु खोलाबाट आहालेसम्म) गाउँपालिकाले ८ किलोमिटर सडक पुनः मर्मत गरेपछि पञ्चमीबजारसम्म गाडी पुगेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिए । ड्रेन सहित ५ मिटर चौडाइ भएको सडकमा बिहीबार गाउँपालिकाको गाडी गुडाएर सफल परिक्षण गरिएको थियो । 

गाउँपालिकाको गाडी पुगेसँगै अन्य बस तथा जीपहरु अब सहजै दिक्तेल–पञ्चमीबजार आवतजावत गर्न सक्नेछ । त्यसका लागि सम्बन्धित यातायात व्यवसायीले गाडी लगाउन चासो दिनुपर्ने भएको छ । अब दिक्तेलबाट छुट्ने गाडीहरु खानीडाडाँ आहाले हुदैं याम्खास्थित रातमाटामा रहेको र्यापको सडकमा जोडिने छ । याम्खा पुछार साप्सु खोलादेखी–याम्खा रातमाटासम्म पहिले नै सडक तयारी भइ गाडी गुडिरहेको छ ।

दिप्रुङ गाउँपालिकाले खाल्लेको आहालेसम्म सडक मर्मत गरेपनि आहालेदेखी दिक्तेलसम्मको करीव ७ किलोमिटर सडकको अवस्था नाजुक रहेको छ । आहालेदेखी दिक्तेलसम्म साविक खाल्लेको ९ र ८ मा सकडको समस्या रहेको वडाध्यक्ष डिल्लीकुमार राईले बताए । उनका अनुसार ती दुई ठाउमा सोलिङ गर्न र सडक मर्मतका लागि वडाले ६ लाख  ३० हजार बजेट बिनियोजन गरेको छ । तिहारपछि तत्काल काम सुरु गरिने उनले जानकारी दिए ।

पञ्चमीबजरका लागि गाडी स्टेण्डबाई रहेको तर, बाटो तयार नभएकाले गाडी पठाउन नसकिएको खोटाङ यातायात प्रालिका सचिव रामकुमार हिङमाङले बताए । नयाँ ट्रयाक खोलिएको कुरा तपाईबाट थाहा पाए । उनले भने, ‘नयाँ ट्रयाक खोलिएको कुरा औपचारिक रुपमा जानकारी आएको छैन । त्यो बाटोमा गाडी जान्छ/जादैन परिक्षण गरिएको छैन । उनले थपे, ‘यदि बाटोमा गाडी गुड्छ र सर्वसाधारण लाभान्वित हुन्छन् भने हामी गाडी लान तयार छौ । तर हामीलाई सडक बनेको आधिकारीक जानकारी आएको छैन ।’  

उक्त रुटमा बस सञ्चालन भएमा दक्षिणी भेगका स्थानियलाइ मनमाया राई खानीडाडाँ विमानस्थल प्रयोग गर्न तथा दिक्तेल, काठमाण्डौ जान आउन अधिक छिटो र सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन