२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साँग्रिला डेभलपमेन्ट बैंकद्वारा १५ औ बर्षमा प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना

२०७५, १३ कार्तिक मंगलवार ११:५५

कार्तिक १३, काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं बर्ष सफलतापूर्वक पुरा गरि १५ औं बर्षमा प्रवेश गरेको छ । १५ औं बर्षमा प्रवेश गरेको उपलक्षमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत  रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

''रक्तदान जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौं, कलष्टर कार्यालयहरु, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । नेपाल रेडक्रस सोसाईटीको सहयोगमा संचालित रक्तदान कार्यक्रममा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी, शुभचिन्तक तथा सर्वसाधारण रक्तदानमा सहभागी भएको बैंकले जनाएको छ। उक्त अवसरमा केन्द्रीय कार्यालय बालुवाटार काठमाण्डौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगंजमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन गरि सम्बन्धित नेपाल रेडक्रस सोसाइटी कार्यालयलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

मुलुकभर सातवटै प्रदेशमा गरि ६८ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले १८ वटा ए.टी.एम. तथा ५ शाखाहरुबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाइबाट  लघुबित्त सेवा समेत प्रवाह गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ