५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना

१४ कार्तिक २०७५, बुधबार १३:२६

कात्तिक १४, सुर्खेत | कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन जिल्ला हेर्नेगरी सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । जिल्ला समन्वय समितिको परिसरमा रहेको प्राविधिक कार्यालयमा सो कार्यालय बुधबार मन्त्रालयले स्थापना गरेको हो ।

कार्यालयको भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै मन्त्री खत्रीले प्रदेशका सडकहरुको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले कार्याालय स्थापनासंगै जनातालाई विकासको अनुभत गराउन सडक, झोलुङ्गे र मोटरेवल पुल निर्माणमा सहजता हुनेमा बताए । प्रदेशका बाँकी तीन जिल्लाहरुमा कार्यालय स्थापना गर्न मन्त्रालय जुटेको मन्त्री खत्रीले जानकारी दिए । 


सुर्खेत केन्द्र भएको कार्यालयले सल्यान र दैलेख जिल्लाका सडक, झोलुङ्गे र मोटरेवल पुलहरु हेर्नेछ । कार्यालय स्थापनासंगै डिभिजनल इन्जिनियर कमल अधिकारीसहित १८ जना कर्मचारीको दरवन्दी कायम भएको छ । कार्यालयमा इन्जिनियर, ६ जना सब– इन्जिनियर, १ जना ल्याब प्राविधिकसहितका कर्मचारी रहेको डिइ अधिकारीले जानकारी दिए । मन्त्रालयले रुकुमपश्चिम, जुम्ला र हुम्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने तयारीमा छ । रुकुमपश्चिमले जाजरकोट र डोल्पा, जुम्लाले कालिकोट र मुगु हेर्नेछ ।

बुधबार नै मन्त्रालयले सुर्खेतमै खानेपानी कार्यालयको स्थापना गरेको छ । यी कार्यालयहरु जुम्ला र रुकुम पश्चिममा समेत स्थापना हुनेछन् । यस्तै, मन्त्रालय मातहतमै रहने गरी प्रदेशका सुर्खेत, जुम्ला र जाजरकोटमा भवन कार्यालय स्थापनामा मन्त्रालय जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता