कात्तिक १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०८ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३८ र बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ९१ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ ५८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।