२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोटेश्वर–कलङ्की सडक खण्डमा दोस्रो तहको कालोपत्र

२०७५, १८ कार्तिक आईतवार १०:०२

सञ्चिता घिमिरे । कात्तिक १८,काठमाडौं । निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ । 

केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ । उहाँले भन्नुभयो, “सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ ।” 

कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभित्रैमा सडक निर्माणको सम्पूर्ण कामसक्ने गरी निर्माण कार्य अघि बढेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । 

नेपाल सरकारले यस खण्डमा सातवटा आकाशे पुल र आठ लेन सडकको दुवैतर्फ एकएक ‘लेन’ को सेवा मार्ग ९सर्भिस ट्र्याक० निर्माण गरिरहेको छ । 

चिनिँया निर्माण कम्पनी साङ्घाई निर्माण सेवा समूहले यो सडकखण्ड निर्माणको ठेक्का लिएको छ । सडक निर्माणमा समन्वयको काम काठमाडौँ चक्रपथ सडक योजनाले गरिरहेको छ । 

यो सडकलाई ‘अण्डर पास’ निर्माण र दश लेनको सडकका हिसाबले नेपालमै पहिलो सडक मानिएको छ । झण्डै चार वर्ष पहिले निर्माण कार्य शुरु भएकामा विनासकारी भूकम्प र नाकाबन्दीले गर्दा एक वर्ष लम्बिएको थियो । १० दशमलव ४ किलोमिटर लम्बाइको यो सडकको कलङ्की कोटेश्वर सडकको कूल लागत तीन सय १२ मिलियन युआन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ