२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

२०७५, १८ कार्तिक आईतवार १०:१७

कात्तिक १८,काठमाडौँ ।  धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ । 

प्रतिशतका आधारमा आज करीब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ विन्दुले घटेर २५६ दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्सेमा उच्च गिरावट आए पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १५४ कम्पनीको २७ लाख २९ हजार १३० कित्ता शेयर रु ५६ करोड ४७ लाख ८७ हजार ७३६ मूल्यमा खरीद–बिक्री भएको छ । 

स्टकका अनुसार आज अन्य उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । सो उपसमूहको शेयर कारोवार ४ दशमलव २३ विन्दुले बढेको छ । यस्तै बैंकिङ १६ दशमलव १६, होटल ५ दशमलव शून्य चार, विकास बैंक ७ दशमलव ३१, जलविद्युत् ११ दशमलव ८३, वित्त ३ दशमलव ५७, निर्जीवन बीमा ६५ दशमलव ३९, उत्पादन १५ दशमलव २३, माइक्रोफाइनान्स ९ दशमलव ०४ र जीवन बीमा ९८ दशमलव ९७ विन्दुले घटेको छ । 

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, साइन रेसुङ्गा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी तथा देवः विकास बैंकका शेयरधनीले भने गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ