२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलो सरकारी गाडी हुम्लामा

२५ कार्तिक २०७५, आईतवार १७:१८

रेशमराज रोकाया | कात्तिक २५, हुम्ला | हुम्लामा पहिलो पटक सरकारी गाडी पुगेको छ । चिनको सडकमा नेपाली गाडीलाई गुड्ने अनुमति नहुँदा रसुवा नाकाबाट कन्टेनरमा सरकारी गाडी राखेर चिनको ताक्लाकोट बजार सम्म ढुवानी गरेर गाडि भित्र्याईएको हो । 

चिनको सडक पार गर्नको लागि २ लाख ५० हजार ढुवानी भाडा तिरेर सरकारी गाडी हुम्ला ल्याइएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमूख शशाँक मिश्रले जानकारी गराएका छन् । राष्ट्रिय सडक सञ्जाल नछोएको हुम्लाको सडक विस्तार र अनुगमनको लागि भनेर आयोजनाले ल्याण्ड क्रुजर हुम्ला पुर्याएको हो । हिल्साबाट सिमकोटको ९५ किलोमिटर बाटोको ट्रयाक खुलेपछि सडक आयोजनाको कामलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि बा.१ झ ५८५० नंबरको गाडि ल्याईएको हो । नेपालको सुर्खेत र नेपालगञ्जबाट हवाई ढुवानी गर्नको लागि महँगो पर्न जाने भएकोले गाडीलाई चिनिया सडक प्रयोग गरी ल्याईएको हो ।

यस अघि निजी गाडीलाई नेपाली सेनाको हिलकोप्टर प्रयोग गरेर ३० लाख हवाई ढुवानी गरेर ल्याईएको भएता पनि सरकारी गाडीलाई हुम्ला पुर्याउनको लागि त्यती धेरै रकम नभएको कारण सडक मार्ग रोजेको आयोजना प्रमूख मिश्रले जानकारी गराउनु भयो । नेपाली सिमा क्षेत्र रहेको हिल्साबाट सिमकोट सम्म ९५ किलोमिटर दुरी पार गर्नको लागि ९ दिन लागेको छ । विभिन्न ठाउँमा सडक राम्रो नभएको कारण सडक मर्मत गर्दै गाडी ल्याउनु पर्दा त्यति धेरै समय लागेको हो । ठाउँ ठाउँका नदीमा पुल नहुँदा अझ गाडी सञ्चालनमा सहज नभएको हो । हिल्साबाट सल्ली हुँदै लेक धिँगाबाट सिमकोट पार गर्नको लागि हेप्प्का खोलामा पुल बनाएमा अब कहेी सहज हुने देखिएको छ । 

नेपाली सेनाले बाजुराबाट दक्षिणको सडक ट्रयाक खोल्ने प्रयास गरेको भएता पनि अझै हुम्लालाई सडक सञ्जाल छुनको लागि एक दश लाग्ने स्थानियको अनुमान रहेको छ । सिमकोट गाउँपालिकाको सदरमुकाम सिमकोट देखी खार्पुनाथ सम्म नियमित गाडी सञ्चालन भएको भएता पनि हुम्लामा सडक सञ्जाल खोल्नको लागि कछुवा गतिमा काम भईरहेको छ । दक्षिणमा अदानचुली र ताँजाकोट गाउँपालिकाले आन्तरिक सडक निर्माण गरिरहेको छन् भने  विच क्षेत्रको सर्केगाड र चंखेली गाउँपालिकाले पनि हरेक वर्षको बजेटमा सडक सञ्जाल जोड्नको लागि प्राथमिकतामा राखेको छ । 

हिल्सा सिमकोट सडक आयोजनाको सरकारी नम्बर प्लेटको गाडी भित्रिए पछि अब हुम्लामा सञ्चालन भएका आयोजनासँग सम्वन्धित सडक विस्तारमा केही तिव्रता ल्याईने कार्यलय स्रोतले जानकारी दिएको छ । गाडी हुमला पुुगे पनि यसको ईन्धन भने महँगो तिरेर सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ । मुगुबाट खच्चरमा डिजेलको ढुवानी गरी सिमकोट पुर्याउँदा सम्म प्रति लिटर ६ सय देखी ७ सय सम्म पुग्ने भएको कारण यहाँका निजी र सरकारी गाडीलाई थप भार परिरहेको छ । कच्चि सडकमा गाडी गुडाउँदा ईन्धनको खपत बढी हुने भएको कारण पनि अझ थप भार परिरहेको छ । कच्ची सडकमा खाल्डो हुने र साँघुरो बाटोमा गाडी गुडाउनको लागि जोखिम रहेको गाडी चालकले बताउने गरेको छन् । कहाँनेर के हुने हो भन्ने ठेगान नै छैन, तै पनि हामी ज्यानलाइ हत्केलामा राखेर गाडी गुडाई राखेको बताउने गरेका छन् । 

हुम्लाको उत्तरी हिल्सा नाकामा भने नेपाली नम्बर प्लेटको गाडी नभएर चिनिया नम्बर प्लेटका गाडी गुडिहेको छन् । कुनै गाडी त विना नम्बर प्लेट भएको गुडिरहेको देख्न पाईन्छ । यातायात विभागको कार्यलय हुम्लामा नहुँदा चिनिया नम्बर प्लेट र विना नम्बर प्लेट गाडी गुडाउनको लागि बाध्य भएको गाडी सञ्चालकले बताउने गरेका छन् । नेपाली गाडी ल्याउनको लागि सरकारी झमेला अनि खर्च बढ्ने भएको कारण स्थानियले सामान ढुवानी गर्नको लागि चिनिया गाडी प्रयोग गर्ने गरेको नाम्खा गाउँपालिका वडा नं. ६ का छिमेल तामाङ्गले बताउनु भयो । ३० देखी ४० को हाराहारीमा हुम्लामा चिनिया गाडी सञ्चालन हुने गरेको स्थानियले बताएका छन् । हिउँदको मौसममा खाद्य पदार्थ देखी बन्दोबस्तीका सामान आयात गर्नको लागि चिनिया गाडीको प्रयोग हुने गरेको छ । नाम्खा गाउँपालिकाको अधिकाँश भुभागमा अन्नबाली वर्षभरी पुग्ने नफल्ने भएके कारण स्थानिय चिनिया बजारबाट खाद्यान्न आपुर्ती गर्ने गरेका छन् । 


माथिको तश्वीरमा: रसुवा नाका हुँदै कन्टेनरमा नेपालको हिल्सा नाकाबाट हुम्लाको सिमकोट ल्याईएको हिल्सा सिमकोट सडक आयोजनाको सरकारी गाडी । तश्वीर: रेशमराज रोकाया ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य