२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यान जिल्ला परिक्रमा गर्ने रिङ रोड निर्माण हुँदै

२०७५, १ मंसिर शनिबार १४:००

मङ्सिर १, सल्यान | सल्यानमा सांसद तथा स्थानीय तहका जनप्रतिनिधीहरुले मोटरबाटो खनेर श्रम गरेका छन् । पछिल्लो समय मोटरबाटो निर्माण गर्नका लागी डोजरको बढि प्रयोग भइरहेको भन्दै त्यसलाइ कम गरि समुदायकै सहभागीतामा विकास कार्य अघि बढाउन श्रम गरेका हुन् । 

प्रतिनिधीसभाका सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री टेक बहादुर बस्नेत, कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन लगाएतका जनप्रतिनिधीहरुले शनिबार कपुरकोट सिमलकुना हुँदै दाङ जोड्ने मोटरबाटो गैँती, बेल्चा लगाएतका घरायसि औजार प्रयोग गरि खनेका हुन् ।

सो अवसरमा आयोजित कार्यक्रममा सांसद् बस्नेतले कुनै पनि विकासमा जनता जोडिएनन् भने दिगो नहुने बताए । ‘जवसम्म विकासमा जनताले पसिना बगाउँदैनन् तव सम्म त्यो विकास आफ्नो हुँदैन,’ उनले भने । डोजर तथा मेसिनको प्रयोगबाट काम छिटो, कम लागतमा हुने भएपनि त्यो विकास मजदुरसंग नजोडिने बताए । केन्द्र सरकारको पूर्वाधार विकास अन्तर्गत कपुरकोट २ को सिमलकुना हुँदै दाङ जोड्ने सडकमा यो वर्ष ३० लाख रुपैयाँ विनियोजन भएको छ । 


गत वर्ष कपुरकोट गाउँपालिकाले २९ लाखको लागतमा ट्रयाक खोलेर १ हजार ७ सय मिटर बाटो निर्माण गरिसकेको छ । र यो वर्ष केन्द्रीय सरकोरको ३० लाख तथा गाउँपालिकाको ५ लाख गरि ३५ लाखको बजेटमा स्थानीय उपभोक्ताहरुले नै बाटो खन्ने भएका छन् ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सांसद् बस्नेतसंग समन्वय गरेर विकासमा अघि बढ्ने जनाउँदै सिमलकुनाको बाटोलाइ गन्तव्य सम्म पुर्याइने प्रतिवद्धता जनाए । उनले भने, ‘अव ५ किलोमिटर जती बाटो खन्न बाँकी छ । यसलाइ हामी गन्तव्यमा पुर्याउँछौँ । हामीले डीपीआर तयार गरिसकेका छौँ ।’ सम्भव भएको ठाउँसम्म गाउँका उपभोक्ताले नै मोटरबाटो खन्ने र असम्भव ठाउँमा डोजर प्रयोग गरिने निर्माण उपभोक्ता समितीका अध्यक्ष तुलाराम पुनले जनाएका छन् ।

शनिबार उक्त मोटरबाटोमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का, २ का अध्यक्ष मान बहादुर राना, ३ का अध्यक्ष मिन बहादुर सेन लगाएत स्थानीयले श्रम गरेका छन् ।

जिल्ला परिक्रमा गर्ने रिङ रोड निर्माण हुँदै

यसैविच सल्यान जिल्ला परिक्रमा गर्नका लागी रिङ रोड निर्माण गरिने भएको छ । प्रतिनिधीसभाका सदस्य बस्नेतले सल्यानलाइ छुने छिमेकी जिल्लाहरुको सिमाना हुँदै रिङ रोड निर्माण गर्ने कार्य शुरु भइसकेको बताए । रिङ रोडका लागी २६० किलोमिटर खन्नुपर्ने र हाल १२० किलोमिटर बाटो निर्माण भइसकेको जनाए । कपुरकोट गाउँपालिकामा रिङ रोडका लागी ५० लाख रुपैयाँ विनियोजन भएको जनाउदै बस्नेतले शनिबार कपुरकोट गाउँपालिकाका अध्यक्ष र आफुले रिङ रोड निर्माण गरिने क्षेत्रको अवलोकन गरेको बताए । उनले जनतासंग जोडिएको विकासमा भ्रष्टाचार नहुने बताउँदै विकासमा सबै एकजुट भएर लाग्न आग्रह गरे ।


कार्यक्रममा नेकपाका नेताहरु कृति बहादुर पुन, आशिष मल्ल, प्रदिप बस्नेत, ओम बहादुर बुढा, काग्रेसका डण्ड बहादुर सेन, अम्ब बहादुर घर्ती, सामुदायीक वन उपभोक्ता महासंघ कर्णालि प्रदेशका अध्यक्ष घनश्याम शर्मा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरि, मानव अधिकार प्रतिष्ठान सल्यानका अध्यक्ष प्रकाश भण्डारि, कपुरकोट बजार व्यवस्थापन समिती अध्यक्ष रुपक बुढा लगाएतको सहभागीता थियो ।

माथिको तश्वीरमा: मोटरबाटो खन्दै प्रतिनिधीसभा सांसद् बस्नेत र गापा अध्यक्ष सेन ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता