२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमा सडक पुगेपछि गाउँले नै चालक, गाउँले नै मालिक

२०७५, १३ मंसिर बिहीबार १६:३९

पूर्णप्रसाद न्यौपाने | मङ्सिर १३, ओखलढुंगा | ओखलढुंगाको रगनीका तेजबहादुर बुढाथोकी आजभोली निकै दंग छन् । केही वर्ष अगाडी सम्म सामान्य खेती किसानी गर्ने तेजबहादुर अहिले गाडी मालिक बनेसँगै दंग परेका हुन् । ‘आफु मालिक पनि भईयो, गाउँलेलाई सेवा पनि दिइयो’ बुढाथोकीले भन्छन् ‘मैले त सडकमा सवारी हालेर सेवा दिन थालिसकेँ । गाउँका अरु दाजुभाईलाई पनि समेटेर अघि बढ्ने योजनामा छु ।’ सडक निर्माण र स्थानीयको जागरुकताले व्यवसाय मार्फत सेवा प्रवाहमा आफुहरु जुटेको उनले सुनाए । 

तेजबहादुर बुढाथोकीको अध्यक्षतामा खिजीदेम्बा गाउँका दुई दर्जन स्थानीयले यातायात व्यवसायी संघ गठन गरेर सेवा थालेका छन् । उनिहरुले गाउँकै नाम राखेर लिखुदेम्बा यातायात प्रा.लि दर्ता गरेर व्यवसाय माफर्त सेवा सुरु गरेका हुन् । दुर्गममा सडक पुगेपनि नियमित चल्ने सवारी नहुँदा सडक काम बिहिन भएकाले आफुहरुले सेवा सहितको व्यवसाय गरेर समृद्धिको अभियानमा लागेको खिजीफलाटेका भिमराज सुनुवारले बताए । ‘सडक त बने सवारी चलेनन्’ लिखुदेम्बाका प्रा.लिका सचिव समेत रहेका सुनुवारले भने ‘आफ्नो गाउँ आफैं बनाऔं भनेर गाउँले जुटेर सेवा सहितको व्यवसाय थाल्यौं ।’ ओखलढुंगा र रामेछापका विभिन्न गाउँहरुमा सुविधा सम्पन्न बस मार्फत गुणस्तरीय यात्राको सेवा पुर्याईने उनको भनाई छ । गाउँका स्थानीय मिलेर सवारी सञ्चालन सुरु मात्रै गरेका छैनन् गाउँकै चालकहरुले पनि गाउँमै सेवा दिन थालेका छन् । लिखुदेम्बा यातायातले राजधानीबाट रामेछाप हुँदै ओखलढुंगाको रगनी, खिजीचण्डेश्वरी, खिजीफलाटे, पोकली, गाम्नाङ लगायतका क्षेत्रमा सेवा सुरु गरेको छ । 


सांसदले गरे सेवाको उद्घाटन 

गाउँलेले थालेको सेवा सहितको व्यवसायको विहिबार सांसद यज्ञराज सुनुवारले उद्घाटन गरेका छन् । लिखुदेम्बाको पहिलो साधारण सभा तथा सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सुनुवारले त्यसक्षेत्रका नागरिकले खेलेको भूमिकाले जिल्लाको समृद्धिका लागि टेवा पुग्ने बताए । ‘सडक गाउँ गाउँमा पुगेका मात्रै छैनन् गाउँलेहरु चालक र मालिक बन्न थालेका छन् यो सुखद् कुरा हो ।’ सांसद सुनुवारले भने ‘ग्रामिण सडकको स्तरोन्न्ती र व्यवसायीक विकासका लागि थप पहल हुनेछ ।’ व्यवसायीहरुले हात्तेमालो गरेर सर्वसाधारणलाई सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा ओखलढुंगाका पूर्व सभाषद् रामहरि खतिवडा, रामेछापका पूर्व सांसद देबशंकर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । दुवै पूर्वसांसदहरुले सडकको विकाससँगै स्थानीयहरु समृद्धिको यात्रामा अघि बढेको बताएका थिए । नयाँ व्यवसायीहरुलाई आफुहरुले साथ दिने ओखलढुंगाका पूर्वसभाषद् रामहरि खतिवडाले बताए । ‘सिन्डकेट त अन्त्य भईसकेको भनिएको छ तर पनि नयाँ व्यवसायीलाई पुरानाले हेप्ने चलन छ’ खतिवडाले भने ‘कसैले असहयोग गरे हामीलाई भन्नुस् आवश्यक परेको ठाँउमा हामी सहयोग गछौं ।’ रामेछापका नेता पौडेलले ओखलढुंगाको विकास र त्यसक्षेत्रको समृद्धिका लागि आफुहरुको सहयोग रहने बताए । 

ओखलढुंगाका दुर्गम गाउँहरुमा सुविधा सम्पन्न बसले सेवा दिन थालेपछि स्थानीय दंग परेका छन् । केही वर्ष अगाडी सम्म पूर्वको कर्णाली भनेर चिनिने खिजीदेम्बा र लिखु गाउँपालिकाको क्षेत्रमा सडक निर्माण भएसँगै सुविधा सम्पन्न सवारीमा यात्रा गर्न पाउँदा स्थानीय खुसी भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो