2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङमा वर्षको पहिलो चौमासिकमा १४ करोड बढी खर्च

मङ्सिर १९, विराटनगर । मोरङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा कूल रु १४ करोड ४० लाख ३२ हजार खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । 

कार्यालयका अनुसार बडङ्गा आमबारी उर्लाबारी सडकमा रु पाँच करोड १६ लाख ९८ हजार, रङ्गेली रोडको रामचोकबाट नहरको बाटो हँुदै सीमा सडकसम्मको बाटोमा रु एक करोड १६ लाख २३ हजार, तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रममा रु छ करोड ३३ लाख २१ हजार, स्थानीय सडक पुल निर्माणमा रु ४५ लाख ८६ हजार, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसामा रु २० लाख खर्च भएको छ । 

यस्तै, कोशी राजमार्गको तरहरा–भेडेटारमा रु १० लाख ३८ हजार, विराटनगर–सिङ्घीया–रङ्गेली–उर्लाबारी योजनामा रु १० लाख, कोशी राजमार्गको इटहरी–भेडेटार योजनामा रु एक लाख ३२ हजार, महेन्द्रराजमार्गको मावा–इटहरी–कोशी ब्यारेक योजनामा रु ५० लाख, घिनाघाट–विराटचोक सडकमा रु २० लाख, विराटनगर–रङ्गेली–उर्लाबारी सडकमा रु १६ लाख ७२ हजार र दुहवी–इनरुवा कप्तानगञ्ज सडकमा रु १० लाख खर्च भएको बताइएको छ । 

सोही अवधिमा डिभिजन कार्यालयले महेन्द्रराजमार्गको भन्टाबारी पुलमा रु २० लाख, कोशी कटानमा रु १० लाख, सेउती खोला पुलमा रु १० लाख र मोरङको धमना खोला पुलमा रु ४५ लाख ८५ हजार खर्च भएको कार्यालयका इञ्जिनीयर दुर्गा मण्डलले जानकारी दिनुभयो । 

यस्तै, डिभिजन कार्यालयबाटै रु आठ करोड ७४ लाख लागतमा २०७६ पुस मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी गिताञ्जली कन्सट्रक्सनले लिएको सुनसरीको साहेवगञ्ज–सिमरिया सडकमा काम ३० प्रतिशत मात्र भएकोले कुनै पनि भुक्तानी नदिएको कार्यालयले बताएको छ । 

साथै, सुनसरीको साहेबगञ्जदेखि हनुमान इनरुवा सडकको २० किमी बाटो र कप्तानगञ्ज–जनताचोक लौकही सडक निर्माण गर्न रमणभूमि जयब्रदर्शले सडक निर्माण गर्न ठेक्का लिए पनि काम शुरु नभएकाले ठेकेदारलाई ताकेता भइरहेको जनाइएको छ । 

विकास निर्माणका कतिपय योजना क्रमागत रहेको र योजनामा प्रगति भएबमोजिम निर्माण कम्पनीलाई भुक्तानी दिँदै गएको इञ्जिनीयर मण्डलले जानकारी दिनुभयो । निर्माणमा गुणस्तरमा कुनै पनि सम्झौता नहुने र उपयुक्त देखिएमा मात्र भुक्तानी गर्न सिफारिस भइरहेको इञ्जिनीयर मण्डलको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई