२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

७७ किलोवाट विद्युत् सदुपयोग भएन्

६ पुष २०७५, शुक्रबार ०७:०४

 पुस ६ अछाम  (रासस) |  अछामका कतिपय स्थानीय तह र गाउँ विद्युत् बिहीन छन् । कतिपय नागरिक विद्युत् नभएर सोलारको प्रयोग गरिरहेका छन् र विद्युत्का लागि सङ्घर्ष गरिरहेका छन् । 

तर मेल्लेख गाउँपालिकाको ऋषिदहमा रहेको कासागाड लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बढी भएपछि खेर गइरहेको छ । मेल्लेखको वडा नं १ र २ ऋषिदहका एक हजार बढी घरधुरीका पाँच हजार उपभोक्तालाई चौबिसैघण्टा विद्युत् उपभोग गरेर पनि विद्युत् बढी भएपछि खेर गइरहेको छ । २०७० सालबाट नियमित रुपमा बलिरहेको ९२ किलोवाट क्षमताको कासागाड लघुजलविद्युत् आयोजनाबाट हालसम्म स्थानीयवासीले १५ किलोवाट विद्युत् मात्रै उपभोग गरिरहेका छन् । 

बाँकी ७७ किलोवाट विद्युत् सदुपयोग हुननसक्दा खोलामा बगिरहेको आयोजनाका अध्यक्ष अर्जुन धामीले बताउनुभयो । पाँच वर्षदेखि खेर गइरहेको ७७ किलोवाट विद्युत् सदुपयोग हुन नसक्दा आयोजना, गाउँवासी र समग्र गाउँपालिकालाई नै घाटा भइरहेको धामीको भनाइ छ । 

तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जा, संसदीय कोष र विभिन्न सङ्घ संस्था तथा उपभोक्ताको जनश्रमदान गरी कूल रु एक करोड ४७ लाख लागतमा निर्माण भएको जलविद्युत् आयोजनाको व्यवस्थापन र खेर गइरहेको विद्युत् सदुपयोगका लागि ठोस् योजना नबन्दा सबैलाई घाटा भइरहेको वडा नं– २ का अध्यक्ष दानबहादुर बुढाको भनाइ छ । 

विद्युत्का कारण गाउँमा टुकी र झरो युगको अन्त्य भएको छ, भने स्थानीयवासीलाई कम्प्युटर सिक्न, फोटो धुलाउन, फोटोकपी लगायतका इलेक्ट्रोनिक्टक काम गर्न निकै सहज भइरहेको छ । तर बढी भएर खेर गएको विद्युत् सदुपयोगका लागि कुनै पहल नहुँदा भने स्थानीयवासी निकै चिन्तित छन् । स्थानीयस्तरमा कुटानीपिसानी मिल, फर्निचर उद्योग, कागज तथा अल्लो उद्योग सञ्चालन गर्ने गरि गाउँपालिकाले नीति बनाएर खेर गइरहेको विद्युत् उपयोग गर्न सकिने अवस्था रहेपनि हालसम्म कुनै पहल भएको छैन । 

विद्युत्को हकमा अहिले जे छ, त्यसलाई निरन्तरता दिइने र गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइन जोडिसकेपछि त्यसको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो । खेर गइरहेको विद्युत्लाई अन्धकारमा रहेका अन्य वडाका गाउँबस्तीसम्म वितरण गर्ने गरी गाउँपालिकाले सोचिरहेको अध्यक्ष बोहराको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला