२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घरघरमा आम्दानीमूलक व्यवसाय

६ पुष २०७५, शुक्रबार ०८:४५

 पुस ६, खोटाङ  (रासस) |  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबारीकी देवीकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका छोराको कमाइले परिवार चल्दैनथ्यो । उहाँको परिवारमा आम्दानीको बाटो पहिल्याउने कुनै मेसै थिएन । 

अहिले देवीकुमारीको जग्गा तरकारीले हराभरा बनेको छ । ४३ वर्षीया आचार्यको तीन रोपनी बढी जग्गामा टमाटर, बन्दा, काउली, लसुनलगायत विभिन्न जातका तरकारी फलेका छन् । 

‘‘गर्दा के नहुने रैछ र ? छ हजार लगानीमा शुरु गरेको व्यावसायिक तरकारी खेती मेरा लागि राम्रो आम्दानीको स्रोत बनेको छ’’ देवीकुमारीले भन्नुभयो । उहाँले नपत्याउँदो ढङ्गबाट त्यही तरकारीखेतीबाट मासिक रु १६÷१७ हजार आम्दानी लिनु भएको छ । देवीकुमारीले आम्दानी र खर्चको विवरणसमेत चुस्त राख्ने गर्नुभएको छ । यसो गर्दा खर्च घटाउन र आम्दानी बढाउन सकिने उहाँको अनुभव छ । 

देवीकुमारी जस्तै हाल सो वडाबाट वैदेशिक रोजगारीमा गएकाको सबै परिवारले आम्दानीको बाटो समाएका छन् । उनीहरुले घरायसी खर्चका लागि घरैमा आम्दानी गरी बचत गर्न तथा वैदेशिक रोजगारीबाट आफन्तले कमाएको रकम बचाउन थालेका छन् । 

विदेशीले दुःख गरी कमाएको रकमको महत्व बुझी घरैमा पनि आम्दानी बढाउनुपर्ने त्यहाँका स्थानीयको बुझाइ छ । यो खालको बुझाइ वित्तीय साक्षरता कक्षाबाट प्राप्त भएको स्थानीय महिला सुनाउँछन् । 

वैदेशिक रोजगारीमा गएको परिवारका सदस्य अर्थात् विप्रेषण सञ्चालकलाई प्रदान गरिने २८ हप्ते वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आम्दानीमूलक व्यवसाय शुरु गर्ने जाँगर पलाएको उनीहरुको भनाइ छ । 

परिवार सञ्चालनसम्बन्धी जोखिम न्यूनीकरण र भोलिका दिनमा कसरी आर्थिकरुपले सम्पन्न बन्ने भन्ने विषयमा छलफल भएपछि उक्त टोलका स्थानीयले विभिन्न सहकारी तथा वित्तीय संस्थामा बचत बढाएर जीवन बीमासमेत गराएका छन् । 

बाल सेवा समाज नेपाल नेर्पा खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाले पूरै वडामा परिवर्तन आएको छ । सहभागीलाई टनेल, पाइप, हजारी, स्प्रिङकल र विभिन्न जातका तरकारीका बीउसमेत वितरण गरिएको छ । उक्त सामग्रीलाई उपयोगमा ल्याएपछि झनै आम्दानी बढाउन सकिएको सहभागी बताउँछन् । 

सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाबाट वित्तीय लक्ष्य निर्धारण हुनुका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उपायाका बारेमा समेत छलफल गर्ने गरिएको छ । उक्त कक्षाका सहभागीले सिकेका कुरालाई व्यावहारिक जीवनमा प्रयोग गरेकाले सफल बनेको वित्तीय साक्षरता सहजकर्ता मीनप्रसाद आचार्यले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र