2026-09-19 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बनियानी खोलाको पुल सञ्चालन

पुस २३, दमक (रासस) | झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गर्नुभयो । 

नगर प्रमुख शेर्माले बर्षौंदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत मिलेको बताउनुभयो । खोलामा पल नहँुदा त्यस क्षेत्रका बासिन्दाले वर्षायामभरि आवगमनमा कठिनाइ भोग्दै आउनुपरेको थियो । 

३२ फुट लम्बाइ २४ फुट चौडाइ रहेको पुल रु ४५ को लाख लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । 

वडा कार्यालयलाई रु ३० लाखको जग्गादान 

झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराउनुभएको छ । 

कमल गाउँपालिका–७ घर भएका आमा देवीमाया, छोराद्वय टङ्क र गोविन्द चम्लागार्इंले संयुक्तरुपमा करीब रु ३० लाख मूल्य पर्ने पाँच कट्ठा जमीन दान दिनुभएको वडा कार्यालयले जनाएको छ । 

दाताले आइतबार मालपोत कार्यालय दमकमार्फत वडा कार्यालयलाई जग्गा रजिष्टेशन पास गरिदिनुभएको वडाध्यक्ष पृथीपति राईले बताउनुभयो । दाता परिवारले स्थानीय सरस्वती माध्यमिक विद्यालय नजिकै दान दिनुभएको जग्गामा यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण शुरु गरिने वडाध्यक्ष राईले जानकारी दिनुभयो । 

विद्यार्थीलाई स्कूल जुत्ता 

लायन्स क्लब अफ लखनपुरले कमल गाउँपालिका–७ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई स्कूल जुत्ता सहयोग गरेका छन् । आइतबार विद्यालयमा एक कार्यक्रम गरी त्यहाँ अध्ययनरत ५१ विद्यार्थीलाई मोजासहित जुत्ता प्रदान गरिएको क्लबका प्रथम उपाध्यक्ष ज्ञाननाथ पौडेलले बताउनुभयो । 

लायन्सले आफ्नो सामाजिक कार्यक्रमअन्तर्गत उक्त सहयोग वितरण गरिएको क्लबका पूर्वअध्यक्ष धर्मानन्द भट्टराईले बताउनुभयो । तीन वर्षअघि स्थापित लायन्सले विभिन्न मानवीय सेवामा सहयोग पुर्याउँदै आएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो