६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छिन्चु–जाजरकोट सडक मर्मत नहुँदा आवागमन कष्टकर

४ माघ २०७५, शुक्रबार ०७:५१

हेमन्त केसी | माघ ४, जाजरकोट | छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । 

दुई वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो । सदरमुकाम प्रवेशको मुख्य सडकको बाटोमा कालोपत्र उप्किएर भैँसी बस्न मिल्ने पानीको ताल बने पनि मर्मत नहुँदा समस्या भएको सवारीसाधन चालक बताउँछन् । 

सो सडकमा सानाठूला गाडी र मोटरसाइकललाई पानीको ताल बनेका खाल्डा पार गर्न सास्ती हुन थालेको दुई वर्ष पुग्न लाग्यो । तरपनि चौरजहारीको सडक डिभिजन कार्यालय, जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले भने नदेखे झैँ गरेको नागरिकको गुनासो छ । मटेलादेखि बोहराको उकालो हुँदै शान्ति चौतारा र ठाँटीबजारसम्मको कालोपत्रे सडकमा खाल्डाले यात्रा समस्यापूर्ण बनाएको छ । खाल्डाखुल्डीले सडक बिगँ्रदै गएको छ । 

भेरी नगरपालिका–१ का रामबहादुर रानाले भन्नुभयो, “खाल्डा पुर्ने या सडक मर्मत गर्नेबारे कोही कसैले पनि अहिलेसम्म मतलब गर्दैनन्, पासागाडको छेउमा मात्र होइन उक्त सडकखण्डको जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर बजारदेखि सदरमुकाम खलङ्गासम्मको कालोपत्र गरिएको सडकमा साना ठूला गरी सयौँ खाल्डा भए पनि कसैले नदेख्दा दुःख लाग्छ।” 

सडकमा खाल्डाखुल्डी र भत्केको सडक लामो समयदेखि ज्यूँका त्यूँ छ । यातायात व्यवसायी कालीबहादुर खत्री प्रश्न गर्नुहुन्छ, “सधैँ नेताहरु र ठूला कर्मचारी यही सडकमा हिँड्छन् तर कहिले पनि बिग्रेको सडक किन देख्दैनन होला ?” 

छिन्चु–जाजरकोट सडकखण्डको ३९ किलोमिटर लम्बाइ पर्ने जाजरकोट क्षेत्रमा मात्र होइन सुर्खेत र सल्यानको १०२ किमी सडक क्षेत्रमा पनि सडकका खाल्डाखुल्डीले यातायातका साधन निर्वाध चल्न अप्ठयारो हुँदै आएको छ । सडकको अवस्था बिग्रँदै गएको र सरोकारवालाले सडक मर्मत र सुधार गर्नेतर्फ कुनै चासो नदिएका कारण आफूहरुले निकै जोखिम र कष्ट बेहोर्नु परेको यातायात व्यवसायी बताउँछन् । सडकका खाल्डाखुल्डी र सडकमा थुप्रिएका वर्षात्को पहिरोले सवारी आवातजावतमा कठिनाई भोग्नुपनरेको व्यवसायीको गुनासो छ । 

जनता र यातायात व्यवसायीलाई भएको दुःख छ देखुन् पनि कसरी ? अर्का व्यवसायी जनक थापाले भन्नुभयो, “जनताले कति दुःख पाएका छन्, त्यो नेताले र राष्ट्रसेवकले गतिलो अनुभूति नगर्दा वर्षांैसम्म सडकको बेहाल बनेको छ ।” भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सडक भत्केको र खाल्डाखुल्डी परेकाबारेमा सडक विभागसँग आफूले तत्काल कुरा गर्ने बताउनुभयो । नगरप्रमुख घर्तीले भन्नुभयो, “नगरपालिकाकोतर्फबाट अग्रसरता लिएर आफ्नो क्षेत्रको कालोपत्र र कच्ची सडकको मर्मत तथा स्तरोन्नतिका लागि पहल गर्ने अभियानमा छौँ ।” 

स्थानीय जनताले भने जिल्लाको सडक निर्माणका क्रममा सडक विभाग र निर्माण व्यवसायीले गुणस्तरहीन काम गरे पनि जनप्रतिनिधिले खासै चासो र पहल नलिएको गुनासो गर्ने गरेका छन् । सडक डिभिजन कार्यालय चौरजहारीका निमित्त प्रमुख कुशल भुसालले सडक बिग्रेकाबारे आफूलाई जानकारी नभएको बताउनुभयो । “ सडकका खाल्डाखुल्डी पुर्ने लगायत जे जे गर्न सकिन्छ पहल गर्छु, अहिले भने चिसोका कारण कालोपत्रे गर्न समस्या छ”, उहाँले भन्नुभयो | रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का