2026-08-25 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सात पटक म्याद थपेर पाँच वर्षमा भवन निर्माण

माघ ११, भद्रपुर | झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको भवन सात पटक म्याद थपेर पाँच वर्षमा ठेकेदार कम्पनीले बल्ल निर्माण गरेको छ । 

झापा जिल्ला समन्वय समितिमार्फत भारतीय राजदूतावासको सहयोगमा सो विद्यालयको ३३ कोठे भवन बनेको हो । विद्यालय भवन निर्माणमा रु तीन करोड ९१ लाख १९ हजार ९७३ खर्च भएको निमित्त स्थानीय समन्वय अधिकारी गोपाल लिम्बूले जानकारी दिनुभयो । 

उहाँका अनुसार विसं २०७० पुस १८ गते काम थालेर २०७२ वैशाख मसान्तसम्ममा भवन बनाइसक्ने गरी भक्तपुरको श्यामसुन्दर राम जेभीले निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर, निर्माण व्यवसायी कम्पनीले निर्धारित समयमा भवनको निर्माण सम्पन्न गर्न सकेन । सात पटकसम्म म्याद थपेर हालै मात्र भवनको निर्माण कार्य सम्पन्न गरिएको छ । 

जिससले जनाएअनुसार जेभीले विसं २०७२ जेठ २८ गते पहिलो पटक एक महीनाका लागि म्याद थपेको थियो । त्यसपछि २०७२ साउन २१ गते फेरि असोज १८ गतेसम्मका लागि दोस्रो पटक एक महीना म्याद थपिएको थियो भने २०७२ असोज १८ गते तेस्रो पटक छ महीनाका लागि म्याद थपिएको थियो । कम्पनीले २०७२ चैत्र १८ गते चौथो पटक एक महीनाको म्याद थप गरे पनि निर्माण सम्पन्न गर्न सकेन । 

निर्माण व्यवसायी कम्पनीले पाँचौँ पटक विसं २०७३ वैशाख २१ गते फेरि म्याद थपेर निर्माण सम्झौताको अवधि छ महीना लम्ब्यायो । २०७३ कात्तिक १९ गते छैटौँ पटक म्याद थप गरी ठेकेदार कम्पनीले तीन महीनासम्ममा काम सक्ने कबुल गरेको थियो । 

तर सो अवधिमा समेत काम सम्पन्न नगरेको कम्पनीले २०७४ वैशाख २८ गतेदेखि सोही वर्षको तीन महीनासम्मका लागि सातौँ पटक म्याद मागेको थियो । सात पटक म्याद थपेर सो निर्माण कम्पनीले २०७५ भदौमा बल्लतल्ल विद्यालयको भवन निर्माण सम्पन्न गरी सोही वर्षको असार १८ गते जिसस र विद्यालयलाई औपचारिकरूपमा हस्तान्तरण गरेको थियो । 

भवन निर्माणकार्यमा चरम ढिलासुस्ती भएकामा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेलले निर्माण कम्पनीसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समितिले बिहीबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी भवन निर्माणबारे सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । 

दुईतले भवनमा २८ कक्षाकोठा र प्रशासनिक कार्यालयलगायत ३३ कोठा रहेका छन् भने ५५० फलामे डेक्स बेन्च बनाइएको जानकारी दिइएको छ । हालसम्म निर्माण व्यवसायी पक्षलाई रु तीन करोड २० लाख १२ हजार भुक्तानी भइसकेको र बाँकी रकम विद्यालय भवनमा रङरोगन र टुटेफुटेको मर्मतसम्भारपछि मात्र भुक्तानी गरिने निमित्त स्थानीय समन्वय अधिकारी लिम्बूले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन