2026-08-25 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्तर्राष्ट्रियकरण बिर्तामोड महोत्सव शुरु

माघ १३, सुरुङ्गा, झापा (रासस) | झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । 

उद्योग व्यवसायसँगै समग्र झापाको विकासमा टेवा पु¥याउने उद्देश्यसहित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव–२०७५’ नाम दिएर शुक्रबारदेखि महोत्सव शुरु भएको हो । माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन प्रदेश १का मख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । 

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले झापाको व्यावसायिक, धार्मिक, पर्यटकीयलगायत समग्र क्षेत्रको विकासमा महोत्सवले टेवा पुग्ने बताउनुभयो । 

महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीका अनुसार महोत्सवमा बङ्गलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ । ७५ वटा अन्तर्राष्ट्रियसहित २१० कक्ष महोत्सवमा राखिएको बताइएको छ । 

यहाँको व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव कोशेढुङ्गा सावित हुने महोत्सव आयोजक समितिका ंसंयोजक शिवाकोटीको दावी छ । 

महोत्सवको आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइएको छ । तीनवटा प्याकेजका रुपमा महोत्सव अवधिभर हेलिकप्टर सञ्चालन गरिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन