३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगार युवा खोज्दै सरकार, सके रोजगारी नभए निर्वाह भत्ता दिइने

२८ माघ २०७५, सोमबार १२:४६

मनोज पराजुली, माघ २८, काठमाडौं । सरकारले चैत १ गतेबाट बेरोजगार युवाको तंथ्याक संकलन गर्ने शुरु गर्ने भएको छ । आगामी फागुन १ गतदेखि लागूहुने प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सरकारले बेरोजगार युवाको तंथ्याक संकलन गर्न लागेको हो। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम बारे जानकारी दिएका हुन् ।  कार्यक्रमबारे जानकारी दिंदै मन्त्री विष्टले नागरिकलाई सामाजिक न्याय दिनको लागि र गरिबीमा बाँचेकालाई न्याय दिन सरकारले कदम चालेको बताए। सरकारको उदेश्य काम नदिई बेरोजगारलाई भत्ता दिने होइन मन्त्री विष्टले भने "काम गर्न सक्नेलाई न्युनतम रोजगारीको अवसर दिने सम्भव नभए मात्र भत्ता दिने हो ।''

शारीरिक श्रम मात्र नभई बौद्धिक श्रम गर्नेलाई पनि श्रम बजारमा जोड्नेगरि सरकारले कार्यक्रम डिजाइन गरिरहेको उनले बताए। सरकारले आगामी ५ वर्षभित्रमा बाध्यकारी रोजगारी अन्त्य गर्ने लक्ष्य अनुरुप काम गरिरहेको उनले बताए ।

७५३ वटै स्थानीयतहबाट लागू गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी रोजगार व्यवस्थापन सूचना प्रणाली लागू गरिने कार्यक्रम संजोजक प्रकाश दाहालले जानकारी दिए । रोजगार व्यवस्थापन सूचना प्रणाली मार्फत प्रतिदिन कति बेरोजगार छन् भन्ने प्राप्त हुने दाहालले बताए। कार्यक्रमको कार्यान्वयनको लागि सरकारले देशभित्र रोजगारीका क्षेत्र तथा सम्भावित अवसरको पहिचान गरेर अन्तर मन्त्रालय छलफल गरिरहेको दाहालले बताए । श्रम मन्त्रालयले शिक्षा, पर्यटन, उद्योग, कृषि, सूचना प्रविधि, भौतिक पूर्वाधार राष्टिय गौरवका आयोजना, स्वास्थ्य र खानेपानी लगायतका १४ क्षेत्रमा रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने योजना लिएको संयोजक दाहालले बताए । 

बेरोजगार युवाले पाउने सुविधा के के छन् ?

बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यावसायिक तथा सीप विकास तालिम दिइनेछ। बेरोजगार परिवारलाई भने रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा परिवारको एक जनालाई बैंक खातामा भुक्तानी उपलब्ध गराइनेछ।

निर्वाह भत्ता पाउन के गर्नुपर्छ ?

रोजगार कार्यक्रम अन्तर्गत निर्वाह भत्ता पाउनको लागि परिवारका कुनै पनि सदस्यले  न्यूनतम रोजगारी नपाएको, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएको, परिवारको कुनै सदस्य स्वरोजगार नभएको तथा वैदेशिक रोजगारीमा नभएको, सरकारी तथा कुनै पनि संस्थाबाट निवृत्तभरण वा अवकाश सम्बन्धी सुविधा नलिएको भएमा रकम प्रदान गरिने उल्लेख छ। असार मसान्तभित्र रोजगारी नपाएका युवालाई निर्वाह भत्ता वितरण गरिने जानकारी दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ