2026-09-19 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुङ्गा महोत्सवमा मन्त्री पोख्रेलले भने – ‘विकासको भोक सरकारले मेटाउँछ’

चैत ३०, ओखलढुङ्गा (रासस) | उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नागरिकको विकासको भोक सरकारले मेटाउने बताउनुभएको छ । प्रथम ओखलढुङ्गा महोत्सवको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनताका बीचमा गरिएका, घोषणापत्रमा उल्लेख गरिएका र सरकार बनिसकेपछि व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न सङ्घीय सरकार लागिपरेको बताउनुभयो । 

देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार गठन मात्रै नभएर प्रणाली नै फेरिएको उहाँले बताउनुभयो । “मुलुकमा नेकपाको बहुमत प्राप्त सरकार मात्रै बनेको होइन, विगतको प्रणाली नै परिवर्तन भएको छ । सरकार चुनावका बेला गरिएका प्रतिबद्धता मात्रै होइन नागरिकका सबैजसो चाहना पूरा गरेरै छाड्छ । यो हाम्रो सङ्कल्प हो । अठोट हो”, उहाँले भन्नुभयो । उहाँले मुलुकको समृद्धिका लागि जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । आफ्नो प्रतिबद्धताबाट सरकार पछि नहट्ने दाबी गर्दै उपप्रधानमन्त्री पोखरेलले तीनवटै तहका जनप्रतिनिधि विकासप्रति चिन्तित हुनुपर्ने बताउनुभयो । 

तश्वीर: Shrestha BN (Facebook Wall) 

“विकास सम्भव छ, त्यसका लागि बजेट र योजना तर्जुमामा सङ्घीय सरकारले कुनै कमी हुन दिँदैन”, उहाँले भन्नुभयो, “संविधानप्रदत्त अधिकार प्रयोग गर्दै स्थानीय, प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि साथी गोठालो बन्नुस् ।” उहाँले सरकार अहिलेसम्म ऐन कानून निर्माणमा केन्द्रित भएकाले अब पूर्वाधार विकासमा जुट्ने बताउनुभयो । ओखलढुङ्गा महोत्सव आगामी वैशाख १० गतेसम्म सञ्चालन हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई