2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुम्बा निर्माणको कामले गती लिदैं, पर्यटकीय केन्द्रविन्दु बन्ने

चिसाङ शेर्पा | बैशाख २२, खोटाङ | धार्मिक तथा पर्यटकीय हिसाबले खोटाङको नुनथलामा निर्माण भईरहेको गुम्बा निर्माणको कामले गती लिन थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक ९, भन्ज्याङ संसारीडाँडामा बौद्ध धर्मावलम्बीका लागि निर्मित ‘ला ज्यालो वाङ थोप गुम्बा’ निर्माणको कामले गती लिएको छ । २१ करोड बजेटमा त्यहाँ विशाल गुम्बा निर्माण हुनेछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ सालको १५ लाख बजेट र उपभोक्ता समितिको दुई लाख बराबरको जनश्रमदानले २०७५ जेठ १६ गतेबाट गुम्बाको जग खन्ने, ढुङगा सोलिङ गर्ने र पिसीसी ढलानको काम सकिएपछि हालै प्रदेश सरकारको करीव १ करोड बजेट र उपभोक्ता समितिको १० लाख श्रमदानबाट बाँकी काम सुरु गर्न लागिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । गत बैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबिच करीव १ करोड रुपैयाँको सम्झौतापछि गुम्बाको बाँकी काम गर्ने वाटो खुलेको हो । काम दु्रत गतीमा अगाडी बढाउन आवश्यक साम्रगी निर्माण स्थलमा झारिएको र आउने क्रम जारी छ । 

निर्माण सम्पन्न भएपछि धार्मिक रुपमा मात्रै नभइ पर्यटकीय स्थलका रुपमा समेत स्थापित हुने गुम्बा निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता भइसकेकोे र काम गरेको प्रतिवेदन बुझाएपछि मात्रै पेश्की दिने भएकाले हाललाई गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका राई तामाङसँग सहकार्य गरी तत्काल बजेट व्यवस्थापन गरेर सिमेण्ट, वालुवा, गिट्टी, रड, ट्याङकी, सावेल, ठेला गाडी, फर्मा लगायतका टेक्निकल सामग्रीहरुको बन्दोबस्त गरिसकिएको ला ज्यालो वाङ थोप गुम्बा निर्माण उपभोक्ता समिति अध्यक्ष महेश तामाङले बताए । लुम्विनीबाट दक्ष जनशक्ति आगामी मंगलबार नुनथला आइपुग्ने र दु्रत गतीमा काम अगाडी बढ्नेछ । काम अगाडी बढेसँगै ८÷१० दिनपछि पेश्की रकम हात पर्ने अध्यक्ष तामाङले सुनाए । 

अब आरसीसी ढलान गरी हात्ती पाइले (पिन्थ लेभल) को काम थालिनेछ । चालू आर्थिक वर्षभीत्रमा पिन्थ लेभल सकेर झ्यालसम्मको काम सकिने जनाइएको छ । २१ करोड लागत स्टीमेटको पञ्च वर्षीय योजना भए पनि बजेट अभावमा झेलिदै चन्दा संकलन, दातृ निकाय, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक सहयोगमा सात वर्षभीत्रमा गुम्बा निर्माण भइसक्ने अनुमान गरिएको छ । निर्माण चरणमै कामले दु्रत गति लिनुपर्नेमा काम ढिला भएको थियो । गुम्बा निर्माण थालेको वर्षदिन भन्दा बढी समय गुज्रिए पनि बजेट अभावकै कारण एक वर्षमा करीव एक प्रतिशत मात्रै काम भएको उपभोक्ता समितिले दावी गरेका छन् । प्राविधिक नपाइनु र बजेट अभावकै कारण उल्लेख्य रुपमा काम नभएको हो । अब त्यस्तो नहुने उपभोक्ता समितिले जनाएको छ ।

बौद्ध धर्मावलम्बीहरुका लागि मुख्यतः जन्म, मृत्युको संस्कार गर्न, विवाह गर्न तथा बौद्ध शिक्षा दिनलाई निर्माण गरिएकोे गुम्बाभित्र एक सय वटा सिठोलजोको मुर्ती र अन्य आठवटा गरी १०८ वटा माटोका मुर्ती रहनेछ । दिक्तेल हलेसी सडक खण्डमा पर्ने गुम्बा ६० फिट अग्लो हुनेछ । गुम्बाको अन्तिम भागमा दृश्यावलोकनका लागि विशेष संरचना बनाइने छ । उक्त संरचनाबाट जिल्लाभीत्रका मनमाया राई खानीडाँडा विमानस्थल, लामिडाँडा विमानस्थल, टोड्के, मुढे, रुपाकोट, मझुवागढी, टेम्के, दिक्तेल, सगरमाथा, मकालु हिमाल र तराईका फाँटहरुको अवलोकन तथा छिमेकी जिल्लाहरुलाई नाङगो आँखाले हेर्न सकिनेछ ।

धार्मिक तथा पर्यटकीय हिसाबले गुम्बा केन्द्रविन्दु बन्दै गएपनि नगरपालिकाभीत्र पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरु सहितको नगरपालिकाले भर्खरै निकालेको हाते ब्रुसरमा उक्त गुम्बा अटाइएको छैन । नगरपालिकाले हलेसीमा आउने पर्यटक तान्न नौ लाख बजेटमा हलेसीमा पर्यटन सूचना केन्द्रको स्थापना गर्दै नगरपालिकाभीत्र पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो सहितको हाते ब्रुसर छापेको थियो । ब्रुसरमा दिक्तेलबजार, बुधेशवर महादेव मन्दिर, रुपाकोट, मझुवा कालिका भगवती मन्दिर, मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम, महुरेगढी आखाँ पोखरी, साप्सुढाप निर्मलीडाँडा, सीतादेवी मन्दिर बुईपा, निर्माणाधिन बगरे भञ्ज्याङ, पञ्चेदोबाटो, साकेलाथान सोल्मा, सहदेउगढी बुईपा विजयखर्क र रुवालुङ झरनाको मात्रै फोटो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई