२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द

२०७६, २६ बैशाख बिहीबार ०५:०७

वैशाख २६, धनगढी (रासस) | स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ ।

यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ ।

दाङस्थित सोनापुर मिनरल एण्ड आयल प्रालिका सञ्चालक श्याम तायलले सिमेन्ट उत्पादनका क्षेत्रमा पछिल्लोपटक नेपालमा भएको उपलब्धिले भारतीय सिमेन्ट आयात रोकिएको बताउनुभयो । “नेपालमा सिमेन्टको निर्माण लागत भने भारतमा भन्दा बढी छ”, तायलले भन्नुभयो, “सरकारले कोइलाको आयात र बिजुली महसुलमा छुट दिन सके निर्माण लागत कम पर्ने भई उभोक्ताले हालको भन्दा सस्तोमा सिमेन्ट पाउन सक्छन् ।”

उत्पादन गर्ने कम्पनीअनुसार सिमेन्टको गुणस्तर पनि फरक–फरक हुने गरेको बताइएको छ । नेपालमा हाल सञ्चालनमा रहेका ५० भन्दा बढी सिमेन्ट उद्योगले दैनिक झण्डै २० हजार टन सिमेन्ट उत्पादन गरिरहेको अनुमान गरिएको छ ।

नेपालका दाङ, भालुवाङ, भैरहवा, हेटौँडा, मिर्चैया, हिले, नवलपरासी, उदयपुरलगायतका क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा नेपाली सिमेन्ट प्रतिबोराको बजार मूल्य हाल रु ७६० देखि ७८० सम्म छ ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले भन्सार नाका हुँदै विसं २०७४ सम्म भारतीय सिमेन्ट आयात भएकामा त्यसपछि आयात बन्द भएको जानकारी दिनुभयो । सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार र अन्तःशुल्क लाग्ने गरेको छ ।  स्वदेशमा उत्पादिन सिमेन्ट सुदूरपश्चिम प्रदेशमा आयात नहुँदा २०७४ अघिसम्म यस क्षेत्रमा निर्माण गरिने भौतिक संरचनामा भारतबाट आयात हुने सिमेन्ट प्रयोग गर्ने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ