2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढी पीडितका लागि नमूना बस्ती शिलान्यास

वैशाख ३०, सुनसरी | सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो । 

सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गर्नुभयो । सो अवसरमा कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी र १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे सहभागी हुनुहुन्थ्यो । 

रामधुनी नगरपालिकाले उपलब्ध गराएको करीब एक बिघा क्षेत्रफलमा सुविधा सम्पन्न बस्ती निर्माण गर्न लागेको प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले बताउनुभयो । बाढी पीडित र विपन्न समुदायलाई लक्षित गरी तयार पार्न पारिएको बस्तीका प्रत्येक घर दुई कोठे हुनेछन् । शौचालय र खानेपानीको उचित प्रबन्धसहितको बन्दोबस्ती मिलाइने नमूना बस्तीमा चिल्ड्रेन पार्कको समेत व्यवस्था गरिने अध्यक्ष कोइरालाले बताउनुभयो । 

बढीमा छ महीनाभित्र निर्माण कार्य सम्पन्न गरी सम्बन्धित परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य लिएको प्याब्सनले नमूना बस्ती निर्माणको अनुमानित लागत रु एक करोड ५० लाखको हाराहारीमा रहने जनाइएको छ । 

कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज वशिष्ठसहित केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा बराह क्षेत्र नगरपालिका प्रमुख निलम खनाल, रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, नेकपाका सुनसरी अध्यक्ष योगेन्द्र मण्डल(पपु), वडाध्यक्ष रुद्र बस्नेतलगायतको सहभागिता रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई