2026-08-29 06:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

जेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको अन्त्यपछि प्रदेशको अर्थतन्त्र चालू आवमा सकारात्मक दिशातर्फ बढेको पाइएको छ । 

 केन्द्रीय तथ्याङ्क विभागले प्रदेश नं ५ ले चालू आवमा ७ दशमलव ३७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने जनाएको छ । प्रदेशमा चालू आवको ६ देखि नौ महीनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा तयार गरिएको तथ्याङ्कअनुसार कूल गार्हस्थ्य उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ७ दशमलव ३७ प्रतिशत हुने विभागको प्रारम्भिक अनुमान रहेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो । 

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीयक र सेवा क्षेत्र गरी तथ्याङ्क विश्लेषण गर्दा विगत दुई वर्षमा प्राथमिक क्षेत्रको कूल गार्हस्थ्यमा योगदान केही घट्न गए पनि द्वितीयक र सेवा क्षेत्रको योगदान बढेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रदेशमा चालू आवकोे कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र अर्थात् कृषि तथा वन, मत्स्य, खानी तथा उत्खनन क्षेत्रले ३१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ । 

अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ६ दशमलव ३ प्रतिशत हुने अनुमान छ । यस्तै द्वितीयक क्षेत्रअन्तर्गत निर्माण, उद्योग, विद्युत्, ग्यास र पानीको १८ प्रतिशत योगदान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि दर ८ दशमलव १ प्रतिशत हुने अनुमान गरिएको छ ।

सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेण्ट, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रको ५२ प्रतिशत योगदान रहेको अनुमान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ७ दशमलव ७ प्रतिशत हुने अनुमान छ ।

औद्योगिक वर्गीकरणअनुसार चालू आवमा कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले ३१ प्रतिशत तथा गैरकृषि क्षेत्रले ६९ प्रतिशत योगदान दिएको विभागले जनाएको छ । आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि तथा वन क्षेत्रले ३० दशमलव १८ प्रतिशत योगदान दिएको छ । यस क्षेत्रको मूल्य अभिवृृद्धि वार्षिक वृद्धिदर ६ दशमलव २८ प्रतिशत रहने विभागको अनुमान छ । प्रमुख बाली धान, गहुँ, मकैलगायतको  उत्पादनमा वृद्धि भएकाले वार्षिक वृद्धिदर बढेको हो । यस प्रदेशमा चालू आवमा आधिकांश कृषि क्षेत्रको उत्पादन बढ्ने अनुमान गरिएको छ । मत्स्यपालन क्षेत्रले ० दशमलव ७५ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रको ० दशमलव ६९, उद्योग क्षेत्रले ६ दशमलव ४६, विद्युत्, ग्यास र पानीले ० दशमलव ७४, निर्माण क्षेत्रले ९ दशमलव  ६८, थोक तथा खुद्रा व्यापार क्षेत्रले १० दशमलव ३९, होटल तथा रेष्टुरेण्ट क्षेत्रले १ दशमलव ७३ तथा यातायात, सञ्चार र भण्डारण क्षेत्रले ७ दशमलव ०५ प्रतिशत योगदान दिएको विभागले जनाएको छ । 

वित्तीय मध्यस्थताअन्तर्गतका बैंक तथा बीमा कम्पनी, सामाजिक सुरक्षा योगदान क्षेत्रले ४ दशमलव ४४, रियल स्टेट तथा व्यावसायिक सेवा क्षेत्रले ६ दशमलव ८४, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले चालू आवको कूल गार्हस्थ्य उत्पादनमा ३ दशमलव २३, शिक्षा क्षेत्रको ८ दशमलव ८४, स्वास्थ्य क्षेत्रको २ दशमलव ४३ तथा अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रले ६ दशमलव ५५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका अधिकृत अवधेशकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले कृषि, उद्योग र पर्यटनका हिसाबले प्रदेश अगाडि रहेकाले आर्थिक वृद्धिदर अझै बढ्ने विश्वास व्यक्त  गर्नुभयो । “प्रदेशमा नदीजन्य पदार्थको उत्खनन र निकासी तथा ठूला होटल खुल्ने क्रम बढ्दो छ । त्यसैले सेवा र खानी तथा उत्खनन क्षेत्रको योगदान बढी हुनुपर्छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो