2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङ: खानेपानीको धारामा मिटर जडान

चिसाङ शेर्पा | असार १, खोटाङ | खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको एकवटा स्थानीय तहमा खानेपानी संचित गर्नलाई खानेपानीको धारामा मिटर जडान गरिएको छ । खानेपानीको मुहानहरु निश्चित हुनु र भएका मुहानहरु पनि सुक्ने स्थितीमा पुगेकाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खामा पहिलोपटक धारामा मिटर जडान गरिएको हो । स्थानीय तह आएसँगै यो काम जिल्लामा पहिलो भएको छ । 

उपभोक्ताहरुले व्यक्तिगत रुपमा खरीद गरेर मिटर जडान गरिएको हो । जसका लागि खानेपानीको ट्याङकीबाट धारामा जडान गरिएको मिटरसम्म पुग्ने पाईप भने गाउँपालिकाले खरिद गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा २० लाख र आव २०७५/७६ मा १२ लाख ५० हजार गाउँपालिकाको आर्थिक सहयोग तथा ७ लाख ७८ हजार ४६८ रुपैयाँ जनश्रमदानमा याम्खाको रातमाटामा निर्माण गरिएको ७० हजार लिटर क्षमता भएको पानीट्याङकी आइतबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका छन् । ट्याङकी ढाल्नेफेद टुकुरेखोला खानेपानी आयोजनाले निर्माण गरेको हो । पानीट्याङकी उदघाटनसँगै पहिलो चरणमा मिटर जडान गरिएका ४२ घरधुरीमा खानेपानी पानी पुगेको छ । 

याम्खाका ८४ घरधुरी लाभान्वित हुनेगरी सुरु गरिएको आयोजनाबाट पहिलो चरणमा ४२ घरधुरीमा मिटर जडान गरिएको, १५ घरधुरीको मिटर आए पनि त्यसको सबै सामान नआएकाले जडान कार्य अगाडी नबढेको आयोजनाका अध्यक्ष बलजित राईले बताए । मिटरका सामान आएमा भोली पर्सी नै जडान गरिने र अन्य वाँकी घरधुरीमा पनि मिटर आउनासाथ जडान गरिनेछ । मिटर जडान गरिएसँगै उपभोक्ताहरुले न्युनतम शुल्क बुझाउनुपर्ने छ । अध्यक्ष राईले भने, ‘गरिब र निमुखाले पानी खान पाउन भन्ने हो तर, व्यापार हैन । खानेपानी आयोजनाको रेखदेख गर्ने कर्मचारी पाल्नका लागि मात्रै न्यनतम शुल्क निर्धारण गरेका हौ ।’

खानेपानी उपभोग गरे वापत न्युनतम शुल्क कती तिर्ने भन्ने उपभोक्ताहरुसँग बसेर तोकिनेछ । मिटरबाट पानी वितरण गरिने सिस्टम लागू भएपछि उपभोक्ताले आवश्यकता अनुसार पानी चलाउने र अन्य समयमा जस्तो पानीको काम नहुंदा पनि पानी छोडीरहने समस्या टर्ने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । पानीको मुहानहरु निश्चित हुनु, खडेरीले मुल सुक्दै जानु, मुहानहरु नपाउनुजस्ता कारणले गर्दा पनि मिटर सिस्टम लागू गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । सञ्चालन भईरहेको योजनालाई थप सुधार गरेर लगिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई