2026-09-19 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापाका पाँच स्थानीय तहको बजेट सार्वजनिक, कुनमा कति बजेट ?

असार १०, भद्रपुर (रासस) | झापाका १५ स्थानीय तहमध्ये चार नगरपालिका र एक गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् ।

झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि रु ७१ करोड ४१ लाख ९५ हजारको बजेट प्रस्ताव गरेको छ । सो बजेट आज सम्पन्न नगरसभामा उपप्रमुख चन्द्रा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित बजेटअनुसार रु ११ करोड ९७ लाख २२ हजार चालू तथा प्रशासनिक खर्चमा छुट्याइएको छ भने बाँकी पूँजीगत खर्च रहनेछ । 

गत आवको तुलनामा आगामी वर्षका लागि रु ११ करोड बढीको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी, गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले आगामी आव २०७६/७७ का लागि रु ८५ करोड ४२ लाख ७२ हजारको बजेट प्रस्ताव गर्नुभएको छ । 

अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्यले पनि आजै रु एक अर्ब ५ करोड ९० लाख ३९ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले सोही आवका लागि रु ८७ करोड ५४ लाख पाँच हजारको बजेट प्रस्तुत गरिएको बताउनुभयो । यसैगरी, गौरीगञ्ज गाउँपालिकाले रु ३४ करोड ९३ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता