जेठ ७, काठमाडौं । राष्ट्रिय गौरवको प्राथमिकताको सूचिमा रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, काठमाडौं । राष्ट्रिय गौरवको प्राथमिकताको सूचिमा रहेको"/>
१७ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढीगण्डकी डुबान क्षेत्रमा सडक खनिँदै, संसदीय समितिमा नयाँ धारणा पेस

१२ जेष्ठ २०७३, बुधबार १३:०८

जेठ ७, काठमाडौं । राष्ट्रिय गौरवको प्राथमिकताको सूचिमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना अहिलेकै ढाँचा र गतिमा जाने हो भने बन्नै नसक्ने धारणा संसदीय समितिमा पेस गरिएको छ ।

मुलुकभित्र निर्माणका लागि प्रस्ताव गरिएको ऊर्जासम्बन्धी ठूला आयोजनामध्ये विस्तृत अध्ययन गरी तत्कालै अघि बढाउन सकिने आयोजनाको सूचिमा बूढीगण्डकीलाई अग्रपङ्क्तिमा राखेर हेरिँदै आएको थियो ।

बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका अध्यक्ष डा लक्ष्मी देवकोटाले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिको आजको बैठकमा विकासको मोडालिटीको तय र आर्थिक जोहोको पक्ष अझै यकिन नभएको मात्र होइन, आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक सहयोग नभएको अहिलेको अवस्था कायम रहने हो भने सो आयोजना नबन्ने ठोकुवा गरे ।

देशको विद्यमान विद्युत् सङ्कट निवारण गर्न विशेष योगदान पुर्याउन सक्ने क्षमता भएको उक्त आयोजनालाई अघि बढाउने हो भने संस्थागत संरचनाको परिवर्तन गर्न आवश्यक रहेको उक्त अवसरमा समितिलाई जानकारी गराइयो । एक हजार २०० मेगावाट क्षमताको सो आयोजना सुक्खायाममा पनि अत्यधिक बिजुली उत्पादन गर्न सकिने र सकेसम्म पानी खेर नजाने तथा कम लागतका रुपमा हेरिँदै आएको छ ।

दुई सय ६३ मिटर अग्लो डबल आर्च कर्भेचरी ड्याम रहने उक्त आयोजना ६३ वर्ग किमी क्षेत्र ओगट्ने प्रारम्भिक डिजायन गरिएको छ । बूढीगण्डकीबाट आवश्यकताअनुरुप २०० मेगावाटदेखि एक हजार २०० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिनेछ ।

आयोजनाबाट गोर्खाका १४ र धादिङ–१३ गाविस पूर्णरुपले तथा व्यक्तिगत जमिन ५८ हजार रोपनी डुबानमा पर्ने छ । सो आयोजनाबाट दुवै जिल्लाका आठ हजार ११७ घरधुरी र ४५ हजार ६११ जनसङ्ख्या प्रभावित हुने छन् । सो आयोजनाको अनुमानित लागत रु दुई खर्ब ६० अर्ब रहेको छ भने निर्माण अवधि आठ वर्षको हुनेछ ।

डुबान क्षेत्रको अधिग्रहण गर्नुपर्ने जग्गा रोक्का भएको, अधिग्रहणका लागि उपसमिति गठन भएको, जनता आयोजनाप्रति सकारात्मक रहेको र उनीहरु छिटो र एकमुष्ट मुआब्जा तथा सेयर हाल्न चाहेको अवस्था रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक प्रशासन नियमावली स्वीकृतिका लागि पठाएको तीन वर्ष बितेको, जग्गा अधिग्रहण, पुनर्वास तथा पुनःस्थापना नीतिको मस्यौदा पठाएको दुई वर्ष पूरा भएको, वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन १० महिनादेखि मन्त्रालयमै रोकिएको अवस्थाले आयोजनाको संस्थागत पक्ष निरीह अवस्थामा रहेको पुष्टि भएको आयोजनाले जनाएको छ ।

आयोजना निरिह, काम लथालिङ्ग अवस्थामा रहेको हुँदा काम गर्न असजिलो र अप्ठ्यारो अवस्थामा रहेको हुँदा स्वतन्त्र रुपले काम गर्न नसक्ने अवस्था रहेको धारणा आयोजनाका तर्फबाट समितिलाई जानकारी गराइएको थियो ।

आयोजनाका तर्फबाट प्रस्तुत गरिएको अवधारणामा भनिएको छ – एउटा कर्मचारीबाट कुनै कुरा सदर, अर्काे फेरिन्छ बदर, न योग्य कर्मचारीको व्यवस्था गरिन्छ, न विज्ञ राख्ने अनुमति नै दिइन्छ, राय माग्यो जवाफ आउँदैन, आयोजना क्षेत्रमा मध्यपहाडी राजमार्गजस्ता आयोजना बनिरहन्छन् ।

आयोजना प्रमुख देवकोटाले प्रस्तुत गरेको अवधारणामा स्वतन्त्र रुपमा निर्णय लिन सक्ने र काम गर्न पाउने अधिकारसहितको समितिको व्यवस्था गर्ने हो भने समितिको आयोजनाको नेतृत्व लिन तयार मात्र होइन, नेपाली पुँजीबाट नै यो आयोजनाको काम समयमा नै सम्पन्न गर्न सक्षम रहेको उल्लेख छ । अन्यथा यही तौरतरिकाले जाने हो भने आयोजना वर्तमान समितिले बनाउन सक्दैन, यस अवस्थामा कि त सरकारले समिति खारेज गरोस् त्यो नगर्ने हो भने मलाई बिदा दिइयोस्– प्रमुख देवकोटाले बैठकमा भने ।

राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना निर्माणस्थल र डुबान क्षेत्रमा मध्यपहाडी लोकमार्ग भकाभक निर्माण हुनुले हाम्रो भनाइ, व्यवहार र प्रतिबद्धतालाई छर्लङ्ग तुल्याएको भनी सरकारको काम गर्ने तरिकाको उहाँले आलोचना गरे । ऊर्जा मन्त्रालयका निमित्त सचिव सञ्जय शर्माले आवश्यकता भए बमोजिमको कर्मचारी भर्नामा आयोजनालाई अधिकार रहेको धारणा व्यक्त गरे ।

मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख सूर्यबहादुर भाटले सरकारको २०७० भदौ २६ गतेको निर्णयअनसार बूढीगण्डकी प्रभावित क्षेत्रमा लोकमार्ग निर्माणको काम भए पनि त्यसलाई पछि प्रभावित क्षेत्रमा बनाइने चक्रपथसँग जोड्न सकिने जानकारी दिए । *रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवीन्द्र र धवललाई भेट्न प्रहरी परिसर टेकुमा राप्रपा अध्यक्ष लिङ्देन जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार रास्वपा सभापतिमा फर्किँदै रवि  दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको भन्दै लोहनीद्वारा बालेनको आलोचना अब राजावादी प्रदर्शनको नेतृत्व जगमान गुरुङले गर्ने दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु (भिडिओ) रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने, पक्राउ परेकाको कसुर केलाउँदै प्रहरी प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, भेटेर थप छलफल गर्ने तयारी कुलमानको रिट ‘हेर्न नभ्याइने’ अमेरिकामा विमान दुघर्टना, उड्ने बित्तिकै घरमाथि खस्यो पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन् काठमाडौं महानगरको जरिवाना पत्र आईसीसी मेन्स क्रिकेट वल्र्ड कप : ४८ खेलाडीलाई क्याम्पमा बोलाइयो (सूचिसहित) सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरि दोषीलाई कारबाही हुन्छ – गृहमन्त्री गृहमन्त्री लेखक माओवादी केन्द्रीय कार्यालय पुगे रास्वपाद्वारा तीनकुने घटनाको उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग तीनकुने क्षेत्रको कर्फ्यु हट्यो दुर्गा प्रसाईं फरार, बिभिन्न प्रहरी युनिटले खोजि गर्दै मन्त्रिपरिषद् बैठक सकियो, के निर्णय भयो ?