१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको भन्दै लोहनीद्वारा बालेनको आलोचना

१७ चैत्र २०८१, आईतवार १४:४१

काठमाडौँ । काठमाडौँका मेयर बालेन साहले तथ्य र कानुन बिर्सेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिमाना पत्र पठाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आलोचना गरेका छन् ।

कुन कानुन बमोजिम जरिमाना मागियो भन्ने सवाल बालेनले स्पष्ट जवाफ दिनुपर्ने लोहनीको भनाइ छ । ‘बालेनजीले जनतालाई राम्रोसँग बताउनु पर्‍यो । अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौड मात्र रहेको बुझ्नुपर्ने भएको छ,’ लोहनीले आइतबार भने ।

कानुन बमोजिम स्वीकृती लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सेर बालेनले पत्र पठाएको  लोहनीले आरोप छ ।

‘म जस्ता धेरै काठमाडौंबासी बालेनका शुभचिन्तक छन्, आमनागरिक अहिलेसम्म तपाईँका हितैसी छन् । तर, अब हामीलाई जवाफ चाहियो,’ उनले भने ।

सामाजिक संजालमा लोहनीले भने, ‘चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वीकृति दिने पक्ष अर्थात नेपाल सरकार । कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारको तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो । म स्वयम बोल्ने प्रयास गर्दै थिए अश्रुग्यास प्रहारबाट आँखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगेँ ।’

ठूलो भीडको बिचमा, आफैँले भाषण गर्न स्वीकृति दिएको सभामा, भाषण गर्ने मंचमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानुन र प्रोटोकलले जायज छ ? यसको दोषी को हो ? लोहनीको प्रश्न छ ।

उनले भने, ‘अश्रुग्यास प्रहारबाट भीड आक्रोशित भएर तितरबितर भयो । आफूले स्वीकृती दिएर स्वभावत भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयमले भाड्यो र आतंकको स्थिति सिर्जना गर्‍यो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नु भएको छ ?’

लोहनीले यस पछि आक्रोशित भीड र प्रहरीबीच द्वन्द्व र नोक्सान समेत भभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अवैध कारोबारमा २१ जना पक्राउ तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता