2026-09-20 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको भन्दै लोहनीद्वारा बालेनको आलोचना

काठमाडौँ । काठमाडौँका मेयर बालेन साहले तथ्य र कानुन बिर्सेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिमाना पत्र पठाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आलोचना गरेका छन् ।

कुन कानुन बमोजिम जरिमाना मागियो भन्ने सवाल बालेनले स्पष्ट जवाफ दिनुपर्ने लोहनीको भनाइ छ । ‘बालेनजीले जनतालाई राम्रोसँग बताउनु पर्‍यो । अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौड मात्र रहेको बुझ्नुपर्ने भएको छ,’ लोहनीले आइतबार भने ।

कानुन बमोजिम स्वीकृती लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सेर बालेनले पत्र पठाएको  लोहनीले आरोप छ ।

‘म जस्ता धेरै काठमाडौंबासी बालेनका शुभचिन्तक छन्, आमनागरिक अहिलेसम्म तपाईँका हितैसी छन् । तर, अब हामीलाई जवाफ चाहियो,’ उनले भने ।

सामाजिक संजालमा लोहनीले भने, ‘चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वीकृति दिने पक्ष अर्थात नेपाल सरकार । कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारको तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो । म स्वयम बोल्ने प्रयास गर्दै थिए अश्रुग्यास प्रहारबाट आँखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगेँ ।’

ठूलो भीडको बिचमा, आफैँले भाषण गर्न स्वीकृति दिएको सभामा, भाषण गर्ने मंचमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानुन र प्रोटोकलले जायज छ ? यसको दोषी को हो ? लोहनीको प्रश्न छ ।

उनले भने, ‘अश्रुग्यास प्रहारबाट भीड आक्रोशित भएर तितरबितर भयो । आफूले स्वीकृती दिएर स्वभावत भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयमले भाड्यो र आतंकको स्थिति सिर्जना गर्‍यो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नु भएको छ ?’

लोहनीले यस पछि आक्रोशित भीड र प्रहरीबीच द्वन्द्व र नोक्सान समेत भभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो