कमल घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घ"/>
2026-10-04 05:55 PM
अर्थ/विकास

गुराँस लाइफको वार्षिक सम्मेलन पोखरामा सम्पन्न,घातक रोगको नयाँ योजना आउँदै

कमल घिमिरे।भदौ५।पाँचथर, 
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५।७६ को वार्षिक सम्मेलन कार्यक्रम कास्कीको पोखरामा सम्पन्न भएको छ ।

नेपालभरका सय बढी मार्केटङ, शाखा तथा उपशाखा प्रमुख र विभागीय प्रमुखको सहभागिता रहेको कार्यक्रममा कम्पनीका संचालक मेघराज पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षको समिक्षा तथा आगामी वर्षको रणनीति समेत तयार गरिएको कम्पनीले जनाएको छ  । ‘वी आर द बेस्ट’ भन्ने नाराका साथ अघि बढि रहेको गुराँस लाइफ इन्स्योरेन्सले हाल ८५ वटा कार्यालयबाट सेवा प्रवाह गरिरहेको  छ ।


कार्यक्रममा गतवर्ष उत्कृष्ठ काम गर्ने शाखा, उपशाखा, कार्यालय र कर्मचारीलाई सम्मान गरिएको छ ।  अघिल्लो २ वर्ष उपशाखाहरुमध्ये प्रथम भएको इलाम कार्यालय यसवर्ष शाखामा स्तरोन्नति भएर पनि सम्पूर्ण शाखामध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै दमक र विराटनगर शाखा क्रमशः द्वितीर र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उपशाखामध्ये उर्लाबारी उपशाखा प्रथम भएको छ । यी सबै उपाधि जित्न सफल शाखा  तथा उपशाखा बिर्तामोड क्षेत्रिय कार्यालय अन्तर्गत रहेको क्षेत्रिय कार्यालय बिर्तामोडका क्षेत्रिय प्रबन्धक गिरधर श्रेष्ठले बताउनु भयो ।


त्यस्तै क्षेत्रीय कार्यालय विर्तामोड सर्वाधिक विमा शुल्क संकलन गर्न सफल भएको छ । नेपालगञ्ज, पोखरा र बुटवल क्षेत्रीय कार्यालय सर्वाधिक प्रतिशत उपलब्धि हासिल गर्न सफल भएका छन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा विमा गर्ने सम्पूर्ण वीमित तथा अभियान्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले धन्यावाद दिदैं वीमा बजारमा नयाँ योजना,५० लाख सम्मको घातक रोगहरुको उपचार सहितको बिमा र उत्कृष्ठ वोनसदर भएकोले ढुक्क भएर गुराँस लाइफ इन्स्योरेन्समा वीमा गर्न आह्वान समेत गर्नुभएको छ ।

विमाको हालसम्मको इतिहासमा सबैभन्दा बढी वोनस दिन सफल यस कम्पनीले बजारमा नयाँ वीमा योजना ल्याई वीमितको मन जित्न सफल बनेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिदिम उपशाखा प्रमुख कविराज मिश्रले साझा सवाललाई जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर